Close sidebar
  • ताजा
  • लोकप्रिय
  • पत्रकार पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

    ३ असार, काठमाडौँ । उच्च अदालत पाटनले पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

    उच्च अदालतका न्यायाधीश ऋषि राजभण्डारीको इजलासले निषेधाज्ञाको निवेदनमा सुनुवाइ गर्दै सोमबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । अदालतले अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई असार ५ गते उपस्थित हुन भनेको छ ।

    Advertisement

    विद्युतीय कारोबार (साइबर क्राइम) मुद्दामा जारी भएको पक्राउ पुर्जी रोक्न माग गर्दै पत्रकार पाठक उच्च पुगेका थिए ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरले हिल्टन होटल खरिद गरेको भन्ने सामग्री युट्युब च्यानलमार्फत प्रसारण गरेपछि पत्रकार पाठक विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »