प्रतिनिधि सभा नियमावली बमोजिम प्रत्येक महिनाको पहिलो साता प्रतिनिधिसभामा प्रधानमन्त्री सँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने व्यवस्था छ ।
प्रधानमन्त्री सँग भेट गर्न पार्टीका पोलिटब्युरो सदस्य एवं प्रदेश इन्चार्ज सुजिता शाक्यको नेतृत्वमा विशेष प्रदेश कमिटीका अध्यक्ष प्रेमकुमार पराजुली र पदाधिकारीहरू, मातहत जिल्ला कमिटीका इन्चार्ज र अध्यक्षहरू रहेको टोली आइतबार बालुवाटार गएको थियो ।
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले उद्घाटन शत्रमा बोल्दै संसदलाई कर्मकाण्डी औपचारिकतावादवाट माथि उठाउनुपर्ने बताएका छन् । नेता पुनले संसदमा सांसदहरुले उठाएका विषयहरूको उचित सम्बोधन र सुनुवाइ भएमात्र संसद् बलियो हुने बताए ।
नेकपा (माओवादी केन्द्र)को आठौँ केन्द्रीय समितिको छैठौं पूर्ण बैठक पश्चात गठन भएको वर्गीय संगठन समन्वय समिति अन्तर्गत अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल ट्रेड युनियन महासंघ र अखिल नेपाल सुकुम्बासी संघ रहेका छन् । तीन वटै संगठनका र्फ्याक्सन इन्चार्जहरू सदस्य रहेको वर्गीय संगठन समन्यव समितिको इन्चार्जमा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटा रहेका छन् ।
दाङको लमहीमा आज सुरु भएको नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको पाँचौँ पूर्ण बैठकमा काफ्लेलाई पार्टीका सचिव एवं लुम्बिनी प्रदेश इञ्चार्ज पद्मा अर्यालले पार्टी प्रवेश गराएका छन् । रुपन्देहीकी महिला नेतृ काफ्ले सिद्धार्थनगर नगरपालिकाकी पूर्व उपप्रमुख समेत हुन ।
वर्तमान सरकार स्थिर भएकाले ढुक्कका साथ काम गर्दै सबै भूमिहीनलाई लालपुर्जा दिलाएर इतिहास रच्न भूमि समस्या समाधान आयोगका केन्द्र र जिल्लाका पदाधिकारीहरूलाई आग्रह गरेका छन् ।
हाल एकीकृत समाजवादीमा अध्यक्ष माधव नेपाल पहिलो वरीयता, सम्मानित नेता झलनाथ खनाल दोस्रो वरीयतामा रहेका छन् । गौतम खनालपछिको वरीयतामा हुनेछन् ।
‘सुरुमा हामीले मिहिनेत गर्यौं । दुई पार्टी मिलेर बन्दा गति समातेको थियो । अहिले सरकार बरालिएको छ । अहिले खाली दिन गनेर बसेको जस्तो भएको छ’, उनले भने, ‘आज आइतबार गयो, सोमबार आयो, सोमबार गयो, मंगलबार आयो । एकजनाले बोल्दिएपछि ढल्दैन, ढल्दैन भन्यो । यसकै वरिपरि घुमिरहेको छ । यसबाट सरकारलाई बाहिर निकाल्नु पर्छ, नतिजा दिनुपर्छ ।’
जनता समाजवादी पार्टी नेपालका तर्फबाट राष्ट्रिय सभा सदस्य मो.खालिद सिद्धिकीले सो बाढीमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल राहत र उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी र प्रशासनलाई धन्यवाद समेत दिएका हुन् ।
५ असार, दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा प्रदेश स्काउट संरक्षक चेतनारायण आचार्यले नेपाल स्काउटको ७४औँ स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन । स्काउट अभियानले बालबालिका तथा युवाहरूको शारीरिक, बौद्धिक, सामाजिक, आध्यात्मिक र संवेगात्मक विकासमा महत्वपूर्ण योगदान पुर्याएको मुख्यमन्त्री आचार्यले बताएका छन । सन् १९०७ मा विश्वमा र वि.सं. २००९ (सन् १९५२) मा नेपालमा […]











