Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), जनसमाजवादी पार्टी, नेपाल कम्युनिस्ट पाटी (नेकपा माओवादी–समाजवादी), नेकपा (साम्यवादी) र नेकपा बीच पार्टी एकताका लागि सहमति भएको हो ।

    न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले आज उक्त विषयमा परेको रिट निवेदनमा प्रारम्भिक सुनुवाइपछि कारण देखाउ जारी गर्दै सरकारसँग लिखित जवाफ माग गरेको हो ।

    कांग्रेस बैठक गत असोज २८ गतेदेखि शुरू भएको थियो । बैठक गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शन, अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटनपछि विकसित राजनीतिक अवस्था र पार्टीको भूमिकाका विषयमा केन्द्रीत रहेको छ ।

    निर्धारित मितिमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा प्रतिनिधि सभा सदस्यको निर्वाचन सम्पन्न गराउन नेपाल सरकारले शान्ति सुरक्षाको उचित प्रबन्ध गरी राजनीतिक दल, उम्मेदवार, निर्वाचनमा खटिने कर्मचारी र मतदान गर्ने नागरिकहरूलाई निर्भयतापूर्वक निर्वाचनमा सहभागी हुने वातावरण बनाउनुपर्ने, आचारसंहिताको पूर्णरूपमा पालना गराउनुपर्ने, निर्वाचनलाई कम खर्चिलो बनाउनुपर्ने एवम् विद्यमान विषम परिस्थितिमा हुन लागेको निर्वाचन भएकोले सम्बद्ध पक्षसँग निरन्तर छलफल हुनुपर्ने सुझाव राजनीतिक दलहरुबाट प्राप्त भएको निर्वाचन आयोगले जनाएको हो ।

    २९ असोज, काठमाडौँ । मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले जितेन्द्र प्रसाद सोनार (सोनल) लाई प्रदेशको नयाँ मुख्यमन्त्रीमा नियुक्त गरेकी छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता सोनललाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त गरेकी हुन् । प्रमुख भण्डारीले उनलाई ५ दलीय गठबन्धनको समर्थनमा सोनललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् […]

    बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको समसामयिक राजनीतिक प्रतिवेदन, राजनीतिक प्रस्ताव तथा विविध विषयमा छलफल गर्ने कार्यसूची छ ।

    गृह मन्त्रालयको निर्देशनमा नेपाल प्रहरीले उनीहरूलाई तोकिएको मापदण्डअनुसार मात्र सुरक्षा व्यवस्था कायम गर्ने निर्णय गरेको हो ।

    दुई दिने आन्दोलनका क्रममा जति पनि भौतिक र मानवीय क्षतिसँग भएका छन् त्यससँग सम्बन्धित सूचना तथा निवेदन जाँचबुझ आयोगको कार्यक्षेत्र पर्ने भएकाले उतै पठाएको एसपी भट्टराईले बताए ।

    पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ । फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार हुने र तत्पश्चात् प्रचारप्रसार निषेधको अवधि रहने आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईले जनाएका छन् ।

    पार्टी अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएको पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । बैठक भक्तपुरको गुण्डुस्थित ओली निवासमा बस्ने बुझिएको छ ।

    Translate »