Close sidebar
  • ताजा
  • लोकप्रिय
  • स्काउट अभियानले स्वयंसेवी भावनाको विकास गरेको छः मुख्यमन्त्री आचार्य

    ५ असार, दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा प्रदेश स्काउट संरक्षक चेतनारायण आचार्यले नेपाल स्काउटको ७४औँ स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन ।

    स्काउट अभियानले बालबालिका तथा युवाहरूको शारीरिक, बौद्धिक, सामाजिक, आध्यात्मिक र संवेगात्मक विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको मुख्यमन्त्री आचार्यले बताएका छन ।

    Advertisement

    सन् १९०७ मा विश्वमा र वि.सं. २००९ (सन् १९५२) मा नेपालमा सुरु भएको स्काउट अभियान सात दशक पार गरिसकेको समेत स्मरण गरे । उनले स्काउटको माध्यमबाट बाल्यकालदेखि नै चरित्र निर्माण, नैतिकता, आत्मनिर्भरता, विपद् व्यवस्थापन, साहसिक गतिविधि, सामुदायिक सेवा तथा स्वयंसेवी भावना विकास हुँदै आएको बताए ।

    कोभिड–१९ महामारीका बेला स्काउट स्वयंसेवकहरूले जुनसुकै घडीमा अग्रपंक्तिमा खटिएर पुर्‍याएको योगदान प्रति मुख्यमन्त्री आचार्यले प्रशंसा र धन्यवाद प्रकट गरेका छन ।

    Advertisement

    नेपाल स्काउट एक अनौपचारिक शिक्षामूलक संस्था भएकाले यसले बालबालिका तथा युवाहरूको सर्वांगीण विकासमा ठूलो भूमिका खेलेको उनको भनाइ छ । प्रदेश, पालिका र विद्यालयसम्म स्काउट अभियान विस्तार हुनु र अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरूमा सहभागीता बढ्नु सकारात्मक उपलब्धि भएको उनले उल्लेख गरे ।

    वि.सं. २०७७ कात्तिक ६ गतेदेखि प्रदेश संरचनामा स्काउट स्थापना भई जिम्मेवारी निर्वाह भइरहेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशका १०९ वटै स्थानीय तहमा स्काउटको सञ्जाल विस्तार भइसकेको जानकारी दिए । स्काउट अभियानको उद्देश्य, सिद्धान्त र कार्यक्रमहरूमा लुम्बिनी प्रदेश सरकारको पूर्ण समर्थन रहने विश्वास पनि उनले दिलाए ।

    Advertisement

    उनले स्काउट शिक्षा मार्फत प्रत्येक बालबालिका तथा युवालाई सक्षम, आत्मनिर्भर र राष्ट्रप्रेमी बनाई विपद् व्यवस्थापन तथा सामाजिक चेतनाका क्षेत्रमा ‘फस्र्ट रिस्पोन्डर’ को रूपमा परिचालन गर्न सबै सरोकारवालाको ध्यानाकर्षण गराएका छन ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »