Close sidebar
  • ताजा
  • लोकप्रिय
  • एकीकृत समाजवादीकी केन्द्रीय सदस्य काफ्ले एमालेमा प्रवेश

    २८ साउन, दाङ । नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य उमा काफ्ले नेकपा (एमाले)मा प्रवेश गरेकी छन् ।

    दाङको लमहीमा आज सुरु भएको नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको पाँचौँ पूर्ण बैठकमा काफ्लेलाई पार्टीका सचिव एवं लुम्बिनी प्रदेश इञ्चार्ज पद्मा अर्यालले पार्टी प्रवेश गराएका छन् । रुपन्देहीकी महिला नेतृ काफ्ले सिद्धार्थनगर नगरपालिकाकी पूर्व उपप्रमुख समेत हुन ।

    Advertisement

    नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कँडेलको अध्यक्षता र इञ्चार्ज अर्यालको प्रमुख आतिथ्यमा सुरु भएको छ ।

    बैठकमा मनोनीत सदस्यको सपथ, अन्तर पार्टी निर्देशन–१२ अध्ययन, सचिवालयको निर्णय अनुमोदन, प्रदेश कमिटीमा मनोनयन, बार्षिक कार्ययोजना २०८१ को समीक्षा, वार्षिक कार्ययोजना २०८२ प्रस्ताव, वडा तथा टोल केन्द्रित अभियानको निरन्तरता र विधान महाधिवेशनको तयारीलगायत एजेण्डामा छलफल हुँदैछ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »