Close sidebar
  • ताजा
  • लोकप्रिय
  • चीनले समयमै अलर्ट जारी गरेको भए जनधनको क्षति न्यून गर्न सकिन्थ्योः सिद्धिकी

    ३२ असार, काठमाडौँ । गत असार २४ गते रसुवागढीमा आएको भयानक बाढीका बारे राष्ट्रिय सभामा सांसदहरुले आवाज उठाएका छन् ।

    जनता समाजवादी पार्टी नेपालका तर्फबाट राष्ट्रिय सभा सदस्य मो.खालिद सिद्धिकीले सो बाढीमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल राहत र उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी र प्रशासनलाई धन्यवाद समेत दिएका हुन् ।

    Advertisement

    राष्ट्रिय सभा सदस्य सिद्धिकीले चीनको तर्फबाट समयमै अलर्ट जारी भएको भए जनधनको ठूलो क्षति हुनबाट रोक्न सकिने बताए ।

    उनले भने, ‘यो क्षति बाढीका कारणले होस् वा ग्लेसियर फुटेको कारणले होस्, चीनको तर्फबाट समयमै अलर्ट जारी भएको भए जनधनको क्षति न्यून गर्न सकिन्थ्यो । आउने दिनमा यससम्बन्धी विशेष सतर्कता अपनाउन जरुरी देखिन्छ ।’

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »