अधिवक्ता कीर्तीनाथ शर्मा पौडेलले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाएर मंगलबार रिट पेस दायर गरेका हुन ।
२०८२ माघ १९ देखि २४ गतेसम्म स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने विश्व स्वास्थ्य सङ्गठनको १५९ औं सेसन अफ द एक्ज्युकिटिभ बोर्डमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटालाई सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय गरिएको सञ्चारमन्त्री खरेलले बताए ।
प्रदेश लोक सेवा आयोग ऐन २०७६ को दफा ३ को उपदफा ७ बमोजिम आयोगका सदस्यले अध्यक्ष समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गर्ने प्रावधान छ । सोही अनुसार नवनियुक्त सदस्य तारा प्रसाद भुसाललाई अध्यक्ष बस्यालले पद तथा गोपनियताको सपथ गराएका थिए ।
प्रथम भएको डुडुवा गाउँपालिकालाई लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारु, स्वास्थ्य सचिव दुर्गा लक्ष्मी श्रेष्ठ, स्वास्थ्य निर्देशनालयका निर्देशक रोशन चौधरी, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले उत्कृष्ट प्रमाणपत्रसंगै सम्मान गरे । डुडुवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सिताराम चौधरीलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
कार्यक्रममा बाँके जिल्ला शिक्षा समन्वय इकाई प्रमुख धनसुधन चौलागाईंले शिक्षा क्षेत्रमा गुणस्तर ल्याउनु अहिलेको आवश्यकता भएको र यसका लागि निजी विद्यालयहरूको लगानीले उपलब्धि हासिल गरेको बताए । उनले अबका दिनमा व्यवहारिक तथा विद्यार्थीहरूको रुचि अनुसारको शिक्षा हुन आवश्यक रहेकोमा जोड दिए ।
चितवन खैरहनी नगरपालिका-६ स्थित कार्यालय स्थापना गरी एसएमसीएन एड्भर्टाइजिङ सर्भिस सेन्टर प्रालि (S.M.C.N. Advertising Service Center Pvt Ltd) नामक कम्पनीको आवरण प्रयोग गरी SMC Application को माध्यमबाट नेटवर्क विस्तार गरी ठगी गर्ने कार्यमा संलग्न उनीहरूलाई नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट खटिएको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
वर्तमान समयमा अधिकांश विकसित मुलुकहरुले Visa प्रदान गर्नुपूर्व निजहरुको आपराधिक पृष्ठभूमि बुझेर मात्र Visa प्रदान गर्ने प्रावधान लागू गरेको साथै नेपालमा पनि सरकारी एवं निजि संघ सस्थाहरुले समेत रोजगारी लगायत विभिन्न प्रयोजनका लागि प्रहरी चारित्रिक प्रमाणपत्र अनिवार्य गरेका छन् ।
काभ्रे जिल्लाको प्राकृतिक सौन्दर्यले भरिपूर्ण भुम्लु गाउँपालिका वडा नं. ४ मा जन्मिएका तेम्बा तामाङ बुबा लालमन तामाङ र आमा सुखपति तामाङ का माइलो सन्तान हुन्। सामान्य किसान परिवारमा हुर्किएका तेम्बाको बाल्यकाल प्रकृति, अभाव र पारिवारिक मूल्य–मान्यताबीच बित्यो। सानैदेखि मेहनत, आत्मसम्मान र जिम्मेवारीको पाठ उनले घरमै सिके।
कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले प्रतियोगितामा विभिन्न विधामा विजयी हुने खेलाडीहरूलाई पदक, प्रमाणपत्र र ट्रफि प्रदान गरेका छन् । साथै उहाँले विद्यालयमा उत्कृष्ट कार्य गर्ने शिक्षकहरू एवम् प्रहरी कर्मचारीहरूलाई प्रशंसापत्र प्रदान गरे ।
गत भदौ २३ र २४ को घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीसँग लिखित बयान लिएको हो ।











