विराटनगर पहिलो क्वालिफायरमा पराजित भएर दोस्रो क्वालिफायर खेल्न बाध्य भएको हो भने लुम्बिनी इलिमिनेटरमा विजयी भएर दोस्रो क्वालिफायरका लागि छनोट भएको हो ।
२२ मंसिर, काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा एक सय १४ वटा दलले भाग लिने भएका छन् । निर्वाचन आयोगले ती दलहरुलाई चुनाव चिह्न प्रदान गरेको छ । एक सय २० वटा राजनीतिक दलले चुनावमा भाग लिन निवेदन दिएकामध्ये एक सय दुई वटालाई एक्ला एक्लै र १२ वटालाई संयुक्त रूपमा प्रतिस्पर्धामा जाने गरी […]
प्रतिवेदन बुझ्दै मुख्यमन्त्री आचार्यले छाडा पशु व्यवस्थापनका लागि बनाइने विधेयकलाई हिउँदे अधिवेशनमै पेस गर्न निर्देशन दिए । उनले समुदायसँग सहकार्यमा गौशालालाई व्यवस्थित बनाउनुपर्ने र भविष्यमा नश्ल सुधार तथा जैविक मल उत्पादनलाई प्राथमिकतामा राखेर अघि बढ्ने आधार रहेको बताए ।
२१ मंसिर, बाँके । नेपाल पत्रकार महासंघ बाँकेको आयोजनामा भएको ‘कानून र पत्रकारिताः अभिमुखीकरण कार्यक्रम’मा पत्रकारले समाचार सम्प्रेषण गर्दा सजग भएर गर्नुपर्ने बताइएको छ । महासंघको आयोजना तथा उच्च अदालत बार नेपालगञ्ज र बाँके जिल्ला अदालत बार एसोसिएसनको सहकार्यमा आज नेपालगञ्जमा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रमलाई उद्घाटन गर्दै न्यायाधीश ज्ञवालीले यस्तो बताएका हुन । उनले गलत […]
क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष साबित्री गिरीको अध्यक्षतामा भएको कार्यक्रम उदघाट्न पछि बोल्दै प्रमुख अतिथि संस्थापक अध्यक्ष पोखरेले पत्रकार महिलाहरुको क्रियाशिलताका सवालमा काम गर्न सहज हुने बताइन ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ गुलरिया रोड नजिकै सञ्चालन रहेको मुस्कान ट्रेडर्समा अवैध रुपमा भन्सार छलि ल्याइएको केराउ दाल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी रमेश विष्टले जानकारी गराए ।
स्वास्थ्य सेवा, जनचेतना विस्तार र समुदायमा महत्वपूर्ण योगदान प्रदान गर्दै आएका स्वयंसेविकाहरूलाई उच्च मनोबल वृद्धि उद्देश्यले सम्मान गरिएको आयोजकले जनाएको छ। यसै समारोहमा लामो समयदेखि सक्रिय रहँदै सेवाबाट विदाइ हुनुभएकी नारायणी रुपा खेतीलाई ‘विदाइ तथा विशेष सम्मान’ प्रदान गरिएको छ ।
सोमबार सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन मुख्यमन्त्री यादवको नाममा परमादेश जारी गरेको थियो।
अहिले कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
एक पटकमा रु तीन करोड भन्दा बढीको कारोबार गर्ने इच्छुक फर्म, कम्पनी वा संस्थाले आवेदन दिन सकिने प्रबन्ध गरेको थियो । घरजग्गाको व्यवसायलाई पारदर्शी, मर्यादित एवम् वैज्ञानिक बनाउने उद्देश्यका साथ कारोबारलाई व्यवस्थित गर्न लागेको जनाइएको छ ।











