२१ चैत्र, बाँके । बाँकेको नेपालगञ्ज-२२ खलवा पुरैनीमा आज गुरुकुल भवन शिलान्यास गरिएको छ । लामो समयको प्रयास पछि यस क्षेत्रमा गुरुकुल शिक्षा पद्दतीलाई अगाडि बढाउने उद्देश्यका साथ भवन निर्माण थालिएको हो । लुम्बिनी प्रदेश सभा सदस्य मीना श्रेष्ठ, नेपाली कांग्रेसका महासमिति सदस्य गजेन्द्र बहादुर हमाल लगायतले एक कार्यक्रम बीच बुधबार भवन शिलान्यास गरेका हुन […]
७ चैत्र, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २३ मा मजार निर्माण भएको छ । भज्जुपुर्वा नजिकै झोरा जंगलमा कुल २ लाख ६२ हजार ७ सय २५ रुपैयाँको लागतमा मजार निर्माण भएको हो । वर्षौ देखि अव्यवस्थित रहेको मजार फागुनको अन्तिममा निर्माण सम्पन्न भएको वडाध्यक्ष जाबेर अलि बेहनाले जानकारी दिए । उनले भने, ‘यो […]
६ चैत्र, बाँके । सातौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवम् पर्यटन महोत्सवको मङ्गलबार एक समारोहका बीच औपचारिक उद्घाटन गरिएकोछ । लुम्बिनी प्रदेशका पूर्व मन्त्री कृष्णा केसी ‘नमूना’ले महोत्सवको औपचारिक उद्धाटन गर्नु भएको हो । महोत्सव उद्घाटनअघि सेतु विक चोकबाट निस्किएको विभिन्न बाजागाजा तथा लोकसंस्कृति झल्किे झाँकीसहितको र्यालीले नगर परिक्रमा गरि वाटरपार्कमा पुगेको […]
१९ फाल्गुन, बाँके । लुम्बिनी प्रदेश युवा सम्मेलन आइतबारबाट हुने भएको छ । नेपाल युवा परिषदको आयोजनामा फाल्गुन २० गते देखि तीन दिन सम्म सञ्चालन रह्ने सम्मेलनमा प्रदेशबाट २०५ जना युवाहरु समेटिएका छन । विश्व वन्यजन्तु दिवसको अवसर पारेर लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीको प्रमुख आतिथ्यतामा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको प्रकृतिले सुन्दर र रमणिय […]
९ फाल्गुन, बाँके । लुम्बिनी प्रदेशसभाको तेस्रो अधिवेशनका पहिलो बैठक फागुन १८ गतेदेखि सुरु हुने भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम दोस्रो लुम्बिनीसभाको तेस्रो हिउँदे अधिवेशन फागुन १८ गते दिउँसो ३ बजे आह्वान गरेपछि प्रदेशसभाको बैठक बस्न लागेको हो । प्रदेशसचिव दुर्लभ कुमार पुनले प्रदेशसभा नियमावली २०७९ […]
७ फाल्गुन, बर्दिया । नेपाल प्रहरी श्रीमती संघ, लुम्बिनी प्रदेश दाङको आयोजना तथा जिल्ला प्रहरी कार्यालय बर्दियाको सहकार्य एवं स्वास्थ्य कार्यालय बर्दिया र बर्दिया अस्पताल गुलरियाको प्राविधिक सहयोगमा जिल्ला प्रहरी कार्यालय बर्दियाको परिसरमा आज प्रहरी कर्मचारी, प्रहरी परिवार र पुर्व प्रहरी कर्मचारीहरुको लागी नि:शुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप […]
६ फाल्गुन, बाँके । लुम्बिनी प्रदेश सरकारले ‘राज्य निजामती सेवा नियमावली २०८०’ पारित गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त नियमावली पारित गरेको हो । राज्य निजामती सेवा ऐन, २०८० स्वीकृत भई कार्यान्वयनको चरणमा छ भने नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको छ । मुख्यमन्त्री दिल्लीबहादुर चौधरीले कर्मचारी व्यवस्थापन र बढुवाका लागि सरकारले नयाँ नियमावली ल्याएको […]
ट्राफिक कारवाहीबाट ७९ करोड ७१ लाख ४४ हजार ८५२ रूपैयाँ राजश्व संकलन
१९ माघ, बाँके । लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा पत्रकारहरुलाई सम्मान सहित पुरस्कृत गर्न लागेकोमा उक्त सम्मानमा थारु पत्रकार नपरेको भन्दै थारु पत्रकार संघ बाँके शाखाले बिरोध जनाएको छ । सञ्चारकर्मी सम्मान तथा पुरस्कार वितरण सम्बन्धि कार्यविधि २०८० बमोजिम यस वर्ष वितरण गरिने अग्रज पत्रकारिता पुरस्कार र श्रृजनशिल पत्रकारिता पुरस्कारको विषयमा लुम्बिनी प्रदेश […]
१६ माघ, बाँके । लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेले बिरामीले सहज रूपमा रगत पाउनुपर्ने बताएकी छन । सरकारले बिरामीलाई आवश्यक परेको अवस्थामा निःशुल्क र सहज रूपमा पाउनुपर्ने वातावरण निर्माणमा ध्यान दिनुपर्ने बताएकी छन । नेपालगञ्जमा सोमबर १८ औं राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद काफ्लेले रगतको सहज व्यवस्थापन र निःशुल्क […]











