Close sidebar
  • ताजा
  • लोकप्रिय
  • लुम्बिनी प्रदेश युवा सम्मेलनमा २०५ जना युवाहरुले प्रतिनिधित्व गर्ने

    १९ फाल्गुन, बाँके । लुम्बिनी प्रदेश युवा सम्मेलन आइतबारबाट हुने भएको छ । नेपाल युवा परिषदको आयोजनामा फाल्गुन २० गते देखि तीन दिन सम्म सञ्चालन रह्ने सम्मेलनमा प्रदेशबाट २०५ जना युवाहरु समेटिएका छन ।

    विश्व वन्यजन्तु दिवसको अवसर पारेर लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीको प्रमुख आतिथ्यतामा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको प्रकृतिले सुन्दर र रमणिय स्थान गाभर भ्याली होमस्टेमा तेस्रो लुम्बिनी प्रदेश युवा सम्मेलन गर्न लागिएको आयोजकले पुर्वशन्ध्यमा पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।

    Advertisement

    सम्मेलनलाई भब्यताका साथ सम्पन्न गर्नका लागि एनसेलले बिशेष सहयोग गरेको छ भने बैजनाथ गाउँपालिका सह-आयोजकको रुपमा रहेको संस्थापक अध्यक्ष सरोज बानियाले जानकारी गराए ।

    प्रकृति संरक्षण कोषको सहकार्यमा हुन लागेको यस सम्मेलनमा जेडएक्सेल, क्रेयसन नेपाल, श्याने एग्री प्रडक्ट्स नेपाल, होमस्टे महासंघ नेपाल, समृद्धिका लागि पर्यटन, कोकाकोला नेपाल, बास नेपाल, खल्ती, नेपाल पर्यटन बोर्ड जस्ता लगायतका संघसंस्थाको एक्येबद्धतामा ३ दिनसम्म चल्ने सो युवा सम्मेलनमा लुम्बिनी प्रदेशको १२ वटै जिल्लाहरु २०५ जना युवाहरूलाई सम्मेलनमा सहभागीता गराइने बताइएको छ ।

    Advertisement

    सम्मेलनमा विभिन्न विज्ञहरुद्वारा विषयगत क्षेत्रमा कार्यपत्र प्रस्तुत, प्यानल छलफल, सफलताका कथाहरु सहित ३ दिनको कार्यक्रम सञ्चालन हुनेछ । यसको सबैभन्दा महत्वपूणर् पक्ष युवा साँस्कृतिक साँझ, लुम्बिनीका युवाद्वारा तयार पारिने लुम्बिनी प्रदेशको प्रादेशिक कार्ययोजना रहेको छ ।

    सहभागी हुन आउने सम्पूणर् युवाहरुले आफ्नो कला सँस्कृति झल्कने भेषभुषा, स्थानीय स्तरमा पाईने रैथाने खानाका परिकार र रैथाने बिउबिजन समेत समावेश गरेर प्रदेश युवा सम्मेलन हुदँैछ । जसले युवाहरुलाई कलासंस्कृक्तिको जर्गेना गर्ने अभियानमा ध्यान जानेछ र उनीहरुको सहभागीताले थप सहयोग पुग्ने आयोजक विश्वस्त रहेको जनाएको छ ।

    Advertisement

    लुम्बिनी प्रदेशका सामाजीक विकास मन्त्री चन्द्रकेश (सि.के) गुप्ताले यस सम्मेलनको समापन समारोहमा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    यस सम्मेलनमा वैजनाथ गाउँपालिका अध्यक्ष, कोहलपुर नगरपालिकाका प्रमुख, राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष, राष्ट्रिय क्षि आनुवंशिक स्रोत केन्द्र (जीन बैंक) का प्रमुख डा. बालकृष्ण जोशी, रैचाने अभियान्ता तिलक ढकाल र नेपाल पर्यटन वोर्ड पूर्व कार्यकारी सदस्य कृष्ण कुमार अर्याल लगायतका व्यक्तिहरुको उपस्थिति रहनेछ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »