Close sidebar
  • ताजा
  • लोकप्रिय
  • आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म फेसबुक, एक्स, टिकटक लगायतका विभिन्न सामाजिक सञ्जालहरूमा संगठनविरूद्ध अमर्यादित टिप्पणी गर्ने एवम् प्रहरी पोषाकको दुरूपयोग गर्ने प्रहरी नायब महानिरीक्षकदेखि प्रहरी कार्यालय सहयोगीसम्मलाई विभागीय कारवाही गरिएको हो ।

    वर्तमान समयमा अधिकांश विकसित मुलुकहरुले Visa प्रदान गर्नुपूर्व निजहरुको आपराधिक पृष्ठभूमि बुझेर मात्र Visa प्रदान गर्ने प्रावधान लागू गरेको साथै नेपालमा पनि सरकारी एवं निजि संघ सस्थाहरुले समेत रोजगारी लगायत विभिन्न प्रयोजनका लागि प्रहरी चारित्रिक प्रमाणपत्र अनिवार्य गरेका छन् ।

    काभ्रे जिल्लाको प्राकृतिक सौन्दर्यले भरिपूर्ण भुम्लु गाउँपालिका वडा नं. ४ मा जन्मिएका तेम्बा तामाङ बुबा लालमन तामाङ र आमा सुखपति तामाङ का माइलो सन्तान हुन्। सामान्य किसान परिवारमा हुर्किएका तेम्बाको बाल्यकाल प्रकृति, अभाव र पारिवारिक मूल्य–मान्यताबीच बित्यो। सानैदेखि मेहनत, आत्मसम्मान र जिम्मेवारीको पाठ उनले घरमै सिके।

    प्रतिवेदन बुझ्दै मुख्यमन्त्री आचार्यले छाडा पशु व्यवस्थापनका लागि बनाइने विधेयकलाई हिउँदे अधिवेशनमै पेस गर्न निर्देशन दिए । उनले समुदायसँग सहकार्यमा गौशालालाई व्यवस्थित बनाउनुपर्ने र भविष्यमा नश्ल सुधार तथा जैविक मल उत्पादनलाई प्राथमिकतामा राखेर अघि बढ्ने आधार रहेको बताए ।

    सबैभन्दा बढी काठमाडौं उपत्यकामा ९६ वटा मुद्दा दर्ता भएका छन् भने २१८ जनालाई पक्राउ गरिएको छ, जुन कुल पक्राउ संख्याको आधाभन्दा बढी हो।

    कारागार व्यवस्थापन विभागले वेबसाइट मार्फत कैदीबन्दीको नामावलीसहितको विस्तृत विवरण सार्वजनिक गरेको छ । पाँच हजार आठ सय ६८ जना नेपाली, पाँच सय ४० जना भारतीय र एक सय आठ जना भारतबाहेकका अरू विदेशी कैदीबन्दी फरार रहेका विभागले जनाएको छ ।

    उनको जुंगा झण्डै एक फिट लामो छ । अरु बेला उनी त्यो जुंगालाई दुवै कानमाथि राखेर मिलाएर राख्ंछन् । कसैले हेर्न चाहेमा कानबाट झिकेर देखाउँंछन् । जुंगैले म परिचित मात्रै नभई प्रख्यात नै भएको कारण यो जुंगालाई अवका दिनमा पनि काट्दिन बरु पाल्छु, उनले भने, जुंगाकै कारण म टोलमा मात्रै होइन, देशैभरि चिनिएको छु । उनले दाही भने पालेका छैनन् ।

    घरेलु प्रयोगको नाममा सीमापारी रुपैडिहा बजारबाट सामान ल्याउने र सामान भित्रपनि भारी मात्रामा सुर्तीजन्य पदार्थ लुकाएर ल्याउने गरिएको पाइएको हो ।

    अघिल्लो आर्थिक वर्षमा विभागको वित्तिय प्रगति ६३ प्रतिशत मात्र रहेकोमा आर्थिक वर्ष २०८१/८२ मा विभागले कुल ९० दशमलब १० प्रतिशत वित्तीय प्रगति गर्न सफल भएको जनाइएको छ ।

    सूचना प्रविधि, इन्जिनियरिङ, कृषि, वन तथा पर्यटन लगायतका क्षेत्रमा उच्च शिक्षालाई अगाडि बढाउने उद्देश्यले प्रदेश व्यवस्थापिकाको ऐनले लुम्बिनी प्राविधिक विश्वविद्यालयको स्थापना गरेको हो ।

    Translate »