Close sidebar
  • ताजा
  • लोकप्रिय
  • साढे ६ हजारभन्दा धेरै कैदी जेल बाहिर, अहिलेसम्म नौ हजार कैदीबन्दी फिर्ता

    २७ असोज, काठमाडौँ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा देशका विभिन्न कारागारबाट भागेका साढे ६ हजारभन्दा धेरै कैदीबन्दीको विवरण सार्वजनिक भएको छ ।

    कारागार व्यवस्थापन विभागले वेबसाइट मार्फत कैदीबन्दीको नामावलीसहितको विस्तृत विवरण सार्वजनिक गरेको छ । पाँच हजार आठ सय ६८ जना नेपाली, पाँच सय ४० जना भारतीय र एक सय आठ जना भारतबाहेकका अरू विदेशी कैदीबन्दी फरार रहेका विभागले जनाएको छ ।

    Advertisement

    विभागले जारी गरेको सूची अनुसार अहिलेसम्म नौ हजार आठ जना कैदीबन्दी कारागार फिर्ता भएका छन् ।

    फरार कैदीबन्दीहरूको खोजी तथा पक्राउ अभियानलाई अझ नियमित, सशक्त र समन्वयात्मक रूपमा अघि बढाउने निर्णय भएको छ ।

    Advertisement

    विभागले फरार कैदीबन्दीहरूलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई समेत कसुरदार ठानी प्रचलित कानुनबमोजिम कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

    फरार कैदीबन्दीको नामावली सार्वजनिक सम्बन्धी सूचना_ik6xlhz

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »