Close sidebar
  • ताजा
  • लोकप्रिय
  • जेनजी आन्दोलनः हालसम्म देशभर १४१ वटा मुद्दा दर्ता

    १९ कार्तिक, काठमाडौँ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसँँग सम्बन्धित घटनामा हालसम्म देशभर १४१ वटा मुद्दा दर्ता भएका छन् भने ३७५ जना अभियुक्त पक्राउ परेका छन् ।

    गृहमन्त्रालयको तथ्यांक अनुसार नेपाल प्रहरीले कार्तिक १७ गतेसम्म गरेको अनुसन्धान र कारबाहीमा उक्त संख्यामा मुद्दा दर्ता र अभियुक्त पक्राउ परेका हुन् ।

    Advertisement

    मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेका अनुसार सबैभन्दा बढी काठमाडौं उपत्यकामा ९६ वटा मुद्दा दर्ता भएका छन् भने २१८ जनालाई पक्राउ गरिएको छ, जुन कुल पक्राउ संख्याको आधाभन्दा बढी हो।

    यस्तै, बागमती प्रदेशमा ११ मुद्दामा ३३ जना, लुम्बिनी प्रदेशमा ११ मुद्दामा २९ जना, गण्डकी प्रदेशमा ७ मुद्दामा ३२ जना, मधेश प्रदेशमा ६ मुद्दामा २१ जना, कोशी प्रदेशमा ४ मुद्दामा ३० जना पक्राउ परेका छन्।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »