Close sidebar
  • ताजा
  • लोकप्रिय
  • प्राविधिक शिक्षा तर्फ आकर्षण बढ्दो

    ९ असार, बाँके । पछिल्लो समय प्राविधिक शिक्षा तर्फ आकर्षण बढ्दै गएको छ । प्राविधिक शिक्षालाई मध्येनजर गर्दै लुम्विनी प्रदेश प्रदेश सरकारले लुम्विनी प्राविधिक विश्व विद्यालय स्थापना गरेको हो ।

    सूचना प्रविधि, इन्जिनियरिङ, कृषि, वन तथा पर्यटन लगायतका क्षेत्रमा उच्च शिक्षालाई अगाडि बढाउने उद्देश्यले प्रदेश व्यवस्थापिकाको ऐनले लुम्बिनी प्राविधिक विश्वविद्यालयको स्थापना गरेको हो ।

    Advertisement

    नेपालगञ्ज उपमहानगरपालिका स्थित गणेशमान चोक नजिकै वन डिभिजन परिसरमा रहेको लुम्विनी प्राविधिक विश्व विद्यालयमा तुल्नात्मक रुपमा प्राइभेट विद्यालय भन्दा एक तिहाई सस्तोमा शैक्षिक कार्यक्रम अध्यापन गराउदै आएको छ ।

    २०७९ असार १८ गते स्थापना भएको लुम्बिनी प्राविधिक विश्वविद्यालयले वि.टेक ईन सिएस एण्ड एआई (कम्प्युटर साइन्स एण्ड आर्टिफिसिएल ईन्टिलिजेन्स), वि.टेक ईन सिभिल इन्जिनियरिङ, वि.टेक ईन आइ टी इन्जिनियरिङ र वि.टेक ईन आईटी गरी चार वटा शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको कुल सचिव रेग बहादुर भण्डारीले जानकारी गराउनुभयो ।

    Advertisement

    मुलुक संघीयतामा गईसकेपछि लुम्विनी प्रदेश तीन वटा अञ्चलिक मनोविज्ञानले साविकको लुम्विनी, राप्ती र भेरीले बनेको छ । त्यस कारण प्रदेशका तीन वटा गौरवका योजना सञ्चालन गुर्नपर्दा साविकका मनोविज्ञानलाई प्रवद्र्धन गर्ने उद्देश्यले प्रादेशिक अस्पताल बुटवल, प्रादेशिक राजधानी दाङ र प्रदेशको गौरवको आयोजना विश्वविद्यालय बाँकेमा सञ्चालन गर्नुपर्ने भनेर तत्कालिन सस्ंथापक मुख्यमन्त्री शंकर पोखरेलको क्याविनेटले निर्णय गरेर तीन वटा अञ्चलको मनोविज्ञान बोकेको यो प्रदेशलाई एकीकृत र एउटै मालामा बाध्ने गरी विश्व विद्यालय नेपालगञ्जमा स्थापना गरिएको लुम्विनी प्रदेशका सांस्द एवं पुर्वमन्त्री रत्न खत्रीले जानकारी गराउनुभयो ।

    पुर्वमन्त्री खत्रीले जानकारी गराउदै भन्नुभयो, ‘हामीले संघीय सरकार संग खजुरा गाँउपालिका वडा नं. ८ मा रनियापुरमा करिब ५० विघा जग्गा प्राप्त गरिसकेका छौं । अब पुर्वाधारको निर्माण र गुणस्तर शिक्षा दिएर विद्यार्थीहरुको आकर्षण पैदा गर्ने गरी अगाडी बढ्नपर्छ ।’

    Advertisement

    लुम्विनी प्रदेश सरकारले यस विश्वविद्यालयलाई गौरवका योजना अन्तर्गत राखेको छ । विश्वविद्यालयले गत वर्ष देखि विद्यार्थी भर्ना गरेर कक्षा सञ्चालन गर्दै आएको छ । विद्यालयको श्रोत अनुसार हाल करिब २०० जना विद्यार्थी अध्ययनरत छन् ।

    Advertisement

    सुरुवाती अवस्थामा विश्वविद्यालयले २०८० सालको शैक्षिक सत्रदेखि स्नातक तहमा दुई वटा पाठ्यक्रम सुरु गरेको थियो । जसको शुल्क समेत ४ वटा वर्गमा विभाजन गरेको कुलसचिव रेग बहादुर भण्डारीले जानकारी गराउनुभयो । जस अनुसार साधारण शुल्क भनेर सिएस र एआईको लागि एक लाख २९ हजार पाँच सय रुपैँया र आईटीका लागि एक लाख १५ हजार रुपैँया रहेको थियो ।

    अर्को प्रायोजित वर्गमा विश्वविद्यालयले पालिकाहरु संग सहकार्य गरेर विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा स्थानीय तहको सहयोगमा यो कार्यक्रम संचालन गरेको विश्वविद्यालयले जनाएको छ ।

     

    ‘यी वर्गमा नपर्ने बाहेक अर्को विश्वविद्यालयले विभिन्न क्षेत्रमा आरक्षित कोटामा हामीले छात्रवृत्ति प्रदान गछौं । यसमा पछाडि परेका वर्गहरु र नेपाल सरकारले तोकेको वर्गलाई समानुपातिक रुपमा मिलाएर चार जनालाई पूर्ण छात्रवृत्ति दिन्छौं’ रेग भण्डारीले भन्नुभयो ।

    यस्तै विश्वविद्यालयले पूर्ण शुल्किय वर्ग समेत निर्धारण गरेको छ । जसमा सिएस र एआई पाठ्यक्रमका लागि पाँच लाख १७ हजार पाँच सय रुपैँया र आईटी तर्फ चार लाख ६० हजार रुपैँया शुल्क तोकिएको थियो ।

    कुलसचिव भण्डारीले सुरुवाती अवस्था बारे जानकारी गराउदै पहिलो विद्यार्थी भर्नामा दुई वटा शैक्षिक कार्यक्रममा प्रवेश परिक्षाका लागि ४० जना विद्यार्थी आवेदन दिएपनि ३३ जनाले भर्ना गरेको भन्नुभयो ।

    लुम्विनी विश्व विद्यालयमा अध्ययनरत छात्रा सन्ध्या गैरेले पुरानो संरचना नै अध्ययनको लागि उपयुक्त रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नयाँ भवनमा आउदा बजार क्षेत्रमा भएको हुनले मोटरगाडीको आवाज आउने समस्या रहेको छ । विद्यार्थीहरुको लागि क्यान्टिन विद्यालय परिसर भित्रै बनाउने सुविधा गर्नुपर्छ । बाँकी विद्यालयमा हुनुपर्ने सबै वातावरण ठिक छ ।’

    यस्तै, विश्वविद्यालयमा अध्ययनरत छात्र अर्जुन धिताल ले पनि विद्यालय हालै नयाँ संरचनामा जादा भौतिक संरचनामा कम्जोरी नै रहेको बताउनुभयो । उनले भने, ‘हामी माथिको भवनमा अध्ययन गरी रहेको र पुस्तकालय तलको भवनमा रहेको हुनले हामीले खोजे अनुसारको पहुँच छैन र पढाईको मामिलामा सबै ठीक छ ।’

    विश्यविद्यालयले असारको अन्तिममा स्नातक तहका विद्यार्थीहरुका लागि अभिमुखिकरण समेत सञ्चालन गर्ने योजना बनाएको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »