१० कार्तिक, बाँके । बाँकेको कोहलपुरमा मोटरसाईकल र ट्याक्टर ठोकिँदा एक जनाको ज्यान गएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुर अगाडि चोकमा शुक्रबार साझ करिब ४ बजेको समयमा दुर्घटना भएको हो । नेपालगञ्जबाट सुर्खेत तर्फ जाँदै गरेको भे ५ प ५०५ नम्बरको मोटरसाइकल र कोहलपुरबाट नेपालगञ्ज तर्फ आउदैँ गरेको भे २ त २४३ नम्बरको ट्याक्टर […]
६ कार्तिक, बाँके । जौ खाद्य पदार्थको दृष्टिले पौष्टिक हो भने स्वास्थ्यको दृष्टिले पनि औषधिको रूप मानिन्छ । पछिल्लो समय जमराको जुस लोकप्रिय पनि छ । वैदिक ग्रन्थमा जौलाई रोग निको गर्ने, यज्ञयज्ञादिमा उपयोगी, शक्ति प्रदायक वस्तुका रूपमा लिइएको छ । यही जौको जमरालाई प्रसादको रुपमा प्रयोग गरिन्छ । हिन्दूहरुको महत्त्वपूर्ण पर्व बडादशैं र जमरा […]
६ कार्तिक, काठमाडौँ । काठमाडौँको नयाँ बजारमा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ । काठमाण्डौ महानगरपालिका-१६ नयाँबजार डेरा गरी बस्ने बारा मधुवन नगरपालिका-१ घर भएकी ३४ वर्षीया लिलावती चौघरीको करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको हो । नयाँबजारमा रहेको आफ्नै होटलमा फ्रिज चलाउने क्रममा आइतबार करेन्ट लागेर गम्भीर घाइते भएकी उनको शिक्षण अस्पतालमा उपचारका […]
अहिले पनि परिवार नियोजनको साधन प्रयोगबारे विभिन्न भ्रम यथावत छन् । अझ स्थायी बन्ध्याकरणले स्वास्थ्यमा ठूलो क्षति पुर्याउँछ भन्नेे धारण राख्नेको संख्यासमेत ठूलो छ । सत्य के हो त ? के हो परिवार नियोजन ? परिवार नियोजन अंग्रजीमा ‘फेमेली प्लानिङ’ भनिन्छ । खासगरि नेपालमा प्रायले परिवार नियोजन भन्ने वित्तिकै स्थयी बन्ध्याकरण भनी बुझ्छन् । तर, […]
२५ असोज, काठमाडौँ । साथीलाई पेट्रोल छर्किएर आगो लगाएर फरार रहेका एक जना पक्राउ परेका छन् । असोज २२ गते ललितपुर स्थित ग्वार्कोको एसबी ह्याण्ड ग्राफीमा काम गर्ने सुवास विकले सँगै काम गर्ने अरुण विकलाई पेट्रोल छर्किएर आगो लगाउँदा उनी सहित तीन जना घाइते भएका थिए । पर्सा घर भएका सुवासले सोही ठाउँका अरुणलाई आगो […]
२५ असोज, काठमाडौँ । इजरायलमा फसेका नेपालीलाई लिन परराष्ट्रमन्त्री एनपी साउद गएका छन । इजरायलको द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपालीलाई लिन परराष्ट्रमन्त्री गएका हुन । आज बिहान ४ बजे नेपाल एअरलाइन्सको वाइडबडी जहाज दुबई हुँदै इजरायलको लागि त्रिभुवन विमानस्थलबाट उडेको छ । नियमित उडानमा रहेका यात्रुलाई दुबई ओरालेपछि जहाज त्यहाँबाट इजरायल उड्ने तालिका छ । जहाज […]
वर्षा ऋतुको समाप्तिसँगै सुरुवात हुने शरद् ऋतु अर्थात् बदलिंदो चिसो मौसममा मौसमी रुधाखोकी अर्थात् इन्फ्लुएन्जा अति छिटो हुने श्वासप्रश्वाससम्बन्धी संक्रमण हो। यसलाई एभियन इन्फ्लुएन्जा भनेर पनि चिनिन्छ । त्यसैले यसको विस्तार पनि अति छिटो हुन्छ । फ्लुबाट संक्रमित व्यक्तिको तर रुघाखोकीको कुनै लक्षण नदेखिने बेलादेखि नै स्वस्थ मानिसलाई सार्न सक्छ । मौसमी रुघाखोकी अर्थात एभियन […]
२२ असोज, दोहा । प्यालेस्टाइनको हमास समूहको आक्रमणबाट मृत्यु भएका १० जना नेपालीको शव नेपाल पठाउने तयारी थालिएको छ । शव नेपाल पठाउन इजरायल सरकार सँग समन्वय भइरहेको इजरायल स्थित नेपाली दूतावासले जनाएको छ । दूतावासले आइतबार राती एक विज्ञप्ति जारी गर्दै इजरायलमा कार्यरत नेपाली स्वदेश फर्किन चाहे सरकारले आवश्यक प्रबन्ध गर्ने जनाएको छ । […]
२१ असोज, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २१ तेलियनपुरमा रक्तदान गरिएको छ । तेलियनपुर टोल विकास समितिको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी क्षेत्रीय रक्त सञ्चार केन्द्र नेपालगञ्जको प्राविधिक सहयोगमा उक्त रक्तदान गरिएको हो । ‘रक्तदान जीवन दान’ मूल नाराका साथ आयोजित उक्त रक्तदानमा ३३ जनाले रगत दान गरेको समितिका अध्यक्ष भागिराम बुढामगरले जानकारी […]
१७ असोज, धादिङ । धादिङमा ट्रकको ठक्करबाट दुई छात्रको ज्यान गएको छ । पृथ्वी राजमार्ग अन्तर्गत गजुरी गाउँपालिका-२ फुर्केखोलामा आज बिहान ट्रकले ठक्कर दिँदा दुई जना विद्यार्थीको ज्यान गएको हो । काठमाण्डौबाट मुग्लिनका लागि छुटेको प्रदेश ०२-००१ख ६४१३ नम्बरको ट्रकले ठक्कर दिदा बागेश्वरी मा.वि. मलेखुमा कक्षा ८ को कोचिङ कक्षा पढ्न जाँदै गरेका सिद्धलेक गाउँपालिका […]











