३ जेठ, काठमाडौँ । सुनको भाउमा निरन्तर उकालो लाग्दै गएको छ । सुन र चाँदीमा फेरि उच्च मूल्य रेकर्ड बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला एक लाख ४० हजार रुपैयाँ तोकेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १ हजार ६ सय बढी हो भने हालसम्मकै उच्च हो […]
२ जेठ, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आज राति १२ बजेदेखि लागूहुने गरी पेट्रोलमा प्रतिलिटर रु ७ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु ५ घटाएको हो । निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी यस्तो निणर्य गरेको हो । निगमले जारी गरेको निणर्य अनुसार पेट्रोल […]
१ जेठ, काठमाडौँ । मन्त्रिपरिषद् बैठकले सरकारका नीति तथा कार्यक्रम पारित गरेको छ । मंगलवार संघीय संसद्को बैठकमा राष्ट्रपतिले पेश गर्ने सरकारका नीति तथा कार्यक्रम पारित भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सरकारका नीति तथा कार्यक्रम पारित गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । […]
१ जेठ, काठमाडौँ । आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम आज संघीय संसदमा पेश हुँदैछ । आज दिउँसो ३ बजे बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ । सरकारको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा ९५ अनुसार नीति तथा कार्यक्रम प्रस्तुत […]
३१ बैशाख, बाँके । बाँकेको नेपालगञ्ज क्षेत्रका ४ वटा उद्योगहरुलाई कार्वाही गरिएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय बाँकेको नेतृत्वमा सरोकारवाला निकायहरु समेतको सहभागितामा नेपालगञ्ज क्षेत्रका ६ वटा व्यवसायहरूको स्थलगत अनुगमन गरिएको थियो । अनुगमन क्रममा जय बागेश्वरी ड्रिकिङग् वाटरलाई तत्काल २० हजार जरिवाना गरी प्रयोग नहुने अवस्थामा रहेको २३ वटा जार नष्ट गरी उद्योग […]
३१ बैशाख, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले उनलाई तेस्रो मुद्दा दायर गरेको हो । सुरक्षण मुद्रण केन्द्रका लागि उपकरण खरिदमा भ्रष्टाचार गरेको दाबी सहित अख्तियारले पौडेल सहित राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, […]
२८ बैशाख, काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे अर्थात बजेट अधिवेशन आजदेखि शुरु हुँदैछ । अधिवेशनको पहिलो बैठक आज दिउँसो २ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने छ । उक्त बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र र प्रधानमन्त्री कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी व्यहोराको पत्र सभामुख देवराज घिमिरेले पढेर […]
२७ बैशाख, काठमाडौँ । सरकारले आउँदो आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने निर्णय गरेको छ । आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ १ गते दिउँसो ३ बजे सङ्घीय संसदमा प्रस्तुत गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी […]
२६ बैशाख, काठमाडौँ । नागरिक समाजका अगुवाहरूले राष्ट्रपति रामचन्द्र पौडेलका सल्लाहकार चिरञ्जीवी नेपाललाई बर्खास्त गर्न माग गरेका छन् । चलनचल्तिमा रहेको नेपालको नक्सा अंकित एक सयको नोटको पुनः मुद्रण गर्दा संविधानमा समावेश नक्सा राख्ने निर्णय प्रति राष्ट्रपतिका सल्लाहकार चिरञ्जीवी नेपालले विरोध गरेका थिए । मुलुकको हित र स्वाभिमान विरुद्ध र पदीय मर्यादा विपरीत राष्ट्रिय र […]
२१ बैशाख, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अग्नि प्रभावित लुम्बिनी प्रदेश, दाङ् जिल्लाको ‘राजपुर गाउँपालिका’ र गुल्मी जिल्लाको ‘इस्मा गाउँपालिका’ लाई प्रति स्थानीय तह १०/१० लाख रुपैयाँ अनुदान सहायता उपलब्ध गराउने निणर्य गरेको छ । महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको महानगर विपद व्यवस्थापन समितिको वैठकले यस्तो निणर्य गरेको हो । आगलागीका कारण घर, […]