३ जेठ, काठमाडौँ । सुनको भाउमा निरन्तर उकालो लाग्दै गएको छ । सुन र चाँदीमा फेरि उच्च मूल्य रेकर्ड बनेको छ ।
Advertisement
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला एक लाख ४० हजार रुपैयाँ तोकेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १ हजार ६ सय बढी हो भने हालसम्मकै उच्च हो । हिजो सम्म सुन एक लाख ३८ हजारमा कारोबर भइरहेको थियो ।
Advertisement
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा पनि प्रभाव परेको महासंघले उल्लेख गरेको छ ।
Advertisement
यस्तै, चाँदीको भाउले पनि नयाँ रेकर्ड बनाएको छ । चाँदी आज प्रतितोला ६० रुपैयाँ बढेर १ हजार ८०५ रुपैँयामा कारोबार भईरहेको महासंघले जनाएको हो ।
Advertisement
यसअघि हिजो बुधबार १ हजार ७४५ रुपैयाँमा कारोबार भएको थियो ।
टिप्पणीहरू