Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नीति तथा कार्यक्रम आज संघीय संसदमा पेश हुदैँ

    १ जेठ, काठमाडौँ । आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम आज संघीय संसदमा पेश हुँदैछ ।

     

    Advertisement

    आज दिउँसो ३ बजे बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ ।

     

    Advertisement

    सरकारको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा ९५ अनुसार नीति तथा कार्यक्रम प्रस्तुत गर्ने व्यवस्था छ । सभामा प्रधानमन्त्रीले नीति तथा कार्यक्रम राष्ट्रपतिलाई बुझाए पछि राष्ट्रपतिले सदनको संयुक्त बैठकमा वाचन गर्नेछन ।

     

    Advertisement

    संघीय संसदका प्रवक्ता दशरथ धमलाका अनुसार प्रतिनिधिसभा बैठकमा जेठ ३, ४, ६, ७, ८ र ९ गते छलफल हुने छ । राष्ट्रिय सभामा जेठ ३, ४ र ६ गते छलफल हुने छ ।

     

    Advertisement

    अन्तिम दिनको छलफलबाट नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची छ ।

    अर्को तर्फ प्रमुख प्रतिपक्षी दलसहितका विपक्षी दलहरु संसद अवरुद्ध गर्ने अडानबाट पछि नहटेका कारण नीति तथा कार्यक्रम पेस हुने विषय अन्योलमै छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »