४ मंसिर, बाँके । बाँकेको बैजनाथ गाँउपालिकामा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरिएको छ । बैजनाथ गाँउपालिका वडा नं. ७ र ८ मा निःशुल्क आँखा जाँच गरिएको हो ।
मंसिर २, ३ र ४ मा सञ्चालन गरिएको शिविरमा २ सय ३२ जनाको आँखा जाँच गरिएको कार्यक्रम संयोजक वृजेश मिश्रले जानकारी गराए ।
Advertisement
भिजन आँखा अस्पताल नेपालगञ्जको आयोजना, किभा फाउन्डेसन नेपालगञ्ज र बैजनाथ गाउँपालिकाको सहकार्यमा बैजनाथमा ९३ जना पुरुष र १ सय ३९ जना महिलाको आँखा जाँच गरिएको हो ।
कार्यक्रम संयोजक मिश्र अनुसार ५८ जनाको मोतियाबिन्दको समस्या देखिएको छ । जस मध्ये १९ जना पुरुष र ३९ जना महिला रहेका छन ।
Advertisement
सामान्य समस्या भएकालाई निःशुल्क औषधि उपलब्ध गराएको किभा फाउन्डेसनकी अध्यक्ष संगीता पाठकले जानकारी गराइन ।
यस्तै, जटिल समस्या भएका बिरामीहरुलाई थप उपचारका लागि भिजन आँखा अस्पताल रिफर गरिएको छ । चश्मा आवश्यक पर्नेलाई सहुलियत मुल्यमा उपलब्ध गराउने र अप्रेशन गर्नुपर्ने भएमा ५० प्रतिशत सम्मको छुट उपलब्ध गराउने किभा फाउन्डेसनकी अध्यक्ष पाठकले जानकारी गराइन ।
टिप्पणीहरू