Close sidebar
  • ताजा
  • लोकप्रिय
  • केपी ओली भन्छन, ‘अझै २० बर्ष राजनीति गर्छु’

    १५ कार्तिक, पोखरा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू अझै २० वर्ष राजनीतिमा सक्रिय रहने बताएका छन । नेकपा (एमाले) गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट निर्वाचित कमिटीको सपथ ग्रहणका लागि आयोजित विशेष कार्यक्रमलाई मंगलबार पोखरामा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन ।

    उनले भने, ‘म कति बर्ष पार्टीको नेतृत्वमा रहन्छु थाहा छैन तर अब २० बर्ष राजनीति गर्छु ।’

    Advertisement

    अध्यक्ष ओलीले एमालेलाई बदनाम गर्ने प्रयास स्वरुप अहिले आफूविरूद्ध दुष्प्रचार भइरहेका बताए । उनले कम्बोडियामा तीन हजार करोड लगानी गरेको भनी अफवाह फैलाउने काम भइरहेको भन्दै अध्यक्ष ओलीले उक्त रकम पत्ता लगाउनेलाई त्यसमा एकहजार थपेर उसैको नाममा राखी दिने चुनौती दिँदै हल्लाका पछाडि नलाग्न नेताकार्यकर्तालाई आग्रह गरे ।

    उनले भने, ‘देशको ढुकुटीको त्यत्रो पैसा विदेशमा लगेर राखेको पत्ता लगाउनेलाई म त्यो बक्सिस दिन्छु ।’

    Advertisement

    आफ्नो नेतृत्वको सरकारका पालामा नेपालको नक्शा अद्यावधिक (चुच्चे नक्शा प्रकाशित) गरेपछि भारतीय सञ्चारमाध्यमहरूले त्यतिबेला तथानाम लेखेको र त्यहि बेला भारतीय सञ्चारमाध्यम जीन्युजले कम्वोडिमामा केपी ओलीले तीन हजार करोड राखेको भन्दै अफवाह फैलाउने समाचार प्रशारण गरेको र दुनियाँले गाली गरेपछि उनीहरुले धेरै बेठिक कुरा प्रशारण भयो भनेर क्षमा मागेको स्मरण गराउँदै अध्यक्ष ओलीले भने, ‘तीन बर्ष अघि नेपालमै आएर मेरो अन्तर्वार्ता लिएपछि उनीहरूले गल्ती भयो भनेर सच्याइसकेको विषयलाई अहिले हल्ला फैलाउने काम भैरहेको छ ।’

    अध्यक्ष ओलीले दुर्गा प्रसाईंलाई पक्राउ गर्नका लागि आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गुहारेको भनेर प्रचार गरिएको र त्यो एमालेलाई बदनाम गर्नका लागि भएको जिकिर गरे ।

    Advertisement

    उनले २०४८ सालको निर्वाचनका बेला कम्युनिष्टले निर्वाचन जितेर सरकार चलाए ६० वर्ष माथिका मान्छेलाई गोली हानेर मार्छन् भनेर हल्ला चलाएको तर एमालेले सरकार बनाउँदा ज्येष्ठ नागरिकलाई बृद्धभत्ता प्रदान गर्न शुरु गरेर अहिले त्यो चार हजार पुर्याएको चर्चा गर्दै अहिलेको अफवाह पनि त्यसकै निरन्तरता भएको स्पष्ट पारे ।

    देशमा राजनीतिक रूपमै डकैती भइरहेको, भन्सार र एयरपोर्टबाट कर छलेर तस्करी भइरहेको र सरकारले कारबाही गर्न नसकेको उनको भनाइ छ । उनले आर्थिक रुपमा देश टाट पल्टिने अवस्थामा पुगेको जिकिर गरे ।

    Advertisement

    अध्यक्ष ओलीले माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायतले कम्युनिस्ट पार्टी फुटाएर दक्षिणपन्थीको करेसामा बास माग्न पुगेको बताए ।

    उनले अहङ्कार त्यागेर एकताबद्ध भई अगाडि बढ्न निर्देशन समेत दिएका छन । निर्वाचनमा जितेको अहङ्कार त्यागेर पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्न नवनिर्वाचित गण्डकी प्रदेश कमिटीलाई निर्देशन दिए ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »