सधैँ एउटै कुराले मुटुमा हान्छ, भोकै छ कि ? छोराले खान्छ, आमाले भन्नु हुन्छ ! जुन खाडीले मेरो रंगीन दुनियाँ सादा बनाइ दियो, आज त्यही खाडी छोरा जान्छ, आमाले भन्नु हुन्छ ! न त छ आमाको ममता न त छ बा को चोखो प्यार, खै कुन मायाले परदेशले तान्छ, आमाले भन्नु हुन्छ ! छोराको बाटो […]
दुनियामा तिम्रो लागि अझै रोइ रोइ हाँसेको छु । आझै म तिम्रो सम्झनामा पागल सरि बांचेको छु । परिवारको मायालाई कुल्चिएर तिमी संग नाता गाँसको छु । पर्खी रहेकोछु अझै सम्म तिम्रै लागि माया साँचेको छु । देवी देवता भाकेर मायामा कसम खाएको छु । झुटो होइन कसम मेरो चोखो माया लगाएको छु् । लागेको […]
कहाँ हराउन दिन्छु, कसेर थाम्छु तिम्रो हात कहाँ डराउन दिन्छु, अघि बढ, म छु तिम्रो साथ एउटा ऋतु जान्छ भने अर्को ऋतु आउँछ यहाँ संधै औंसि मात्रै कहाँ हुन्छ, आउँछ जुनेली राती
मरे तुल्य जिउदो लास भै बाचेकै छु । बेदनाको छाल संग नाता गासेकै छु । तिम्रो बचनले दुखाएको मेरो छाती, यो दुनिया देखि लुकाएर राखेकै छु । लुटी सबै सारा खुशी तिमी भयौ टाढा, जसो तसो आफ्नो इज्यत ढाकेकै छु । तिमी पुर्णिमा जुन म औसीको रात, बाध्यताले घेर्यो रुखो हासो हासेकै छु ।
प्रेम बियोगमा मुटु जलाए पछि, रात दिन आसुमा गलाए पछि.. । न खुशी न मृत्यु मेरो जिन्दगीलाई, थाहै नपाई पछाडिबाट ढलाए पछि … । किन भन्छौ के भो तिमीलाई ? मायाको बारीमा ऐसेलु फलाए पछि …। कसरी सुनाउ छट्पटिएका पलहरु, खाटा बसेको घाउलाई चलाए पछि …।
मिलन बिछोड हाँसो रोदन,जिन्दगीका रीत बने । अँधेरीमा झर्या आँशु, बिहानीका शित बने । पुराना ति घाऊ बल्झी, ज्वारभाटा मनमा उठ्दा, कयौँ पिडा गजल बने, कयौँ पिडा गीत बने । चाहेर नी सबलाई यहाँ खुसी पार्न नसकीने । कती आफ्ना पराई बने, कती दुश्मन मीत बने । जीन्दगी को यात्रा बीच, यात्री धेरै मिले पनि […]
सरकार कहिले नपुग्ने ठाँउमा समाचार पुग्छ, राजधानीमा हिमाल पारीको अखबार पुग्छ । यहाँ भ्रष्टचारी मिलेर उठिबास ल्याउँछन, गरिब उजुरी बोकेर अख्तियार पुग्छ । मैले प्रदेश पुग्ने बित्तिकै टोपी फुकाले, खाडीमा बहादुर पुग्दैन बेरोजगार पुग्छ । मलाई घरबाट विद्रोहको सुरुवात गर्नुछ, जब रीतिरिवाज लिएर कुसंस्कार पुग्छ । म झ्याल भए पनि सिंहदरबार विरुद्ध बोल्छु, या जिब्रो […]
म मरेको दिन तिमी हाँस्छौ कि रुन्छौं प्रिय, खुचिङ पो भन्छौ कि, त्यसै मुच्र्छा हुन्छौं प्रिय ? सँगै हुँदा रिस गर्छौ, भित्र माया छ कि कतै, खस्न खोज्ने आँसुलाई, खसाल्छौं कि थुन्छांै प्रिय ? सोच्दा सोच्दा मन घुम्छ, के के सोच्छु मनभित्र, देखेपछि मेरो लाशलाई, तर्कन्छौ कि छुन्छौ प्रिय ? रुन्छन होला परिवारका, वियोगमा डाँको […]
म बाँच्ने सबैले आश मारे पछि नरुनु है म बाँच्ने सबैले आश मारे पछि नरुनु है सेतो कफन बेरि मठमा सारे पछि नरुनु है म भन्दिन तिमी खुसीयालीको भोज गर मेरो लास मसानघाट झारे पछि नरुनु है जलाई चिता मेरो अस्तु बगाइ फर्किदा आउने बाटो काँडाले बारे पछि नरुनु है मैले होईन दैबले नै धोका […]


