Close sidebar
  • ताजा
  • लोकप्रिय
  • समाचार पुग्छ – गजल

    • सरकार कहिले नपुग्ने ठाँउमा समाचार पुग्छ,
      राजधानीमा हिमाल पारीको अखबार पुग्छ ।
    • यहाँ भ्रष्टचारी मिलेर उठिबास ल्याउँछन,
      गरिब उजुरी बोकेर अख्तियार पुग्छ ।
    • मैले प्रदेश पुग्ने बित्तिकै टोपी फुकाले,
      खाडीमा बहादुर पुग्दैन बेरोजगार पुग्छ ।
    • मलाई घरबाट विद्रोहको सुरुवात गर्नुछ,
      जब रीतिरिवाज लिएर कुसंस्कार पुग्छ ।
    • म झ्याल भए पनि सिंहदरबार विरुद्ध बोल्छु,
      या जिब्रो काटिन्छ या खबरदार पुग्छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »