Close sidebar
  • ताजा
  • लोकप्रिय
  • मिलन बिछोड हासो रोदन, जिन्दगीको रीत बने – गजल

    • मिलन बिछोड हाँसो रोदन,जिन्दगीका रीत बने ।
      अँधेरीमा झर्या आँशु, बिहानीका शित बने ।
    • पुराना ति घाऊ बल्झी, ज्वारभाटा मनमा उठ्दा,
      कयौँ पिडा गजल बने, कयौँ पिडा गीत बने ।
    • चाहेर नी सबलाई यहाँ खुसी पार्न नसकीने ।
      कती आफ्ना पराई बने, कती दुश्मन मीत बने ।
    • जीन्दगी को यात्रा बीच, यात्री धेरै मिले पनि ।
      मझधारमा एक्लै भएको छु, सबै यात्री अतीत बने ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »