Close sidebar
  • ताजा
  • लोकप्रिय
  • ६ माघ, बाँके । बाँकेको नेपालगञ्जमा २२ जनवरी अर्थात माघ ८ गते सोमबारका दिन जिवजन्तु वध एवं मदिरा विक्री वितरणमा रोक लगाउन माग गरिएको छ । माघ ८ गते शुक्ल द्वादशीको दिन छिमेकी राष्ट्र भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा नेपालगञ्जमा पनि भव्य रुपमा उत्सव मनाउने तयारी चलिरहेको छ । नेपालगञ्जका विभिन्न मठमन्दिरलाई […]

    १ माघ, काठमाडौँ । डेनमार्कका युवराज फ्रेडरिक राजा भएका छन । उनलाई डेनमार्कका प्रधानमन्त्रीले आइतबार औपचारिक रूपमा राजा घोषणा गरेका हुन । महारानी मार्गरेट द्वितीयले गद्दी परित्यागको घोषणामा हस्ताक्षर गरेसँगै तत्कालीन युवराज फ्रेडेरिकलाई राजगद्दी हस्तान्तरण गरिएको अन्तर्राष्ट्रिय समाचारमाध्यम सिन्ह्वाले जनाएको छ । यसअघि डेनमार्ककी महारानी मार्गरेट द्वितीयले नयाँ वर्षको टेलिभिजन सम्बोधनमा पद त्यागको घोषणा गरेकी […]

    १ माघ, काठमाडौं । नाट्यकर्मी महासंघले आयोजना गरेको राष्ट्रिय बाल नाटक मेला २०७९ मा उत्कृष्ट भएको नाटक ‘पार्वती’ अन्तराष्ट्रिय नाटक महोत्सवमा सहभागी हुन भारत प्रस्थान गरेको छ । भक्तपुरको निस्ट स्कूलले प्रस्तुत गरेको नाटक पार्वतीले गत वर्षको संस्करणमा सर्वोत्कृष्ट नाटकको पुरस्कारका साथै अन्य ६ वटा विधामा पुरस्कार जित्न सफल भएको थियो । भारतको उडिसा राज्यको […]

    २४ पौष, काठमाडौँ । फ्रान्सको प्रधानमन्त्रीमा ३४ वर्षका गेब्रियल एटल नियुक्त भएका छन । उनी आधुनिक फ्रान्सको सबैभन्दा कम उमेरको प्रधानमन्त्री बनेका बीबीसीले उल्लेख गरेको छ । फ्रान्समा यसअघि सन १९८४ मा ३७ वर्षका लरेन्ट फाबियस प्रधानमन्त्रीमा नियुक्त भएका थिए । फ्रान्समा आप्रवासीको विषयमा राजनीतिक विवाद बढ्दै जाँदा प्रधानमन्त्री एलिजाबेथ बोर्नले आफ्नो पदबाट राजीनामा दिएका […]

    २३ पौष, काठमाडौँ । नेपालमा पहिलो पटक कोभिड–१९ को ओमिक्रोन भेरियन्टको नयाँ सब भेरियन्ट जेएन.वानको सङ्क्रमण पुष्टि भएको छ । जिनोम सिक्वेन्सिङ प्रविधिबाट जेएन.वान को सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी गराएका छन । देशका विभिन्न भागहरूबाट सङ्कलन गरिएका १६ वटा पोजेटिभ नमुनाहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पौष २२ गते […]

    २३ पाैष, काठमाडौं । Road Accident Information Management System (RAIMS) सफ्टवेयर संचालन तथा ट्राफिक व्यवस्थापन सम्बन्धी सुरक्षा उपकरणहरू हस्तान्तरणमा सहकार्य गर्न नेपाल प्रहरी र राष्ट्रिय सडक सुरक्षा परिषद्‍ बिच समझदारी-पत्रमा हस्ताक्षर भएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव ज्ञानेन्द्र कुमार झाले नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक […]

    १६ पौष, काठमाडौँ । आज आठौँ राष्ट्रिय टोपी दिवस मनाइँदैछ । अंग्रेजी नयाँ वर्षको पहिलो दिन जनवरी १ का दिन यो दिवस मनाउने गरिन्छ । मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाको अगुवाइमा २०७० सालदेखि हरेक वर्षको जनवरी १ लाई टोपी दिवसको रुपमा मनाउन थालिएको हो । यस दिन नेपाल र नेपाल बाहिर […]

    १६ पौष, बाँके । ईपीएस परीक्षामा सहभागी गराउनु पर्ने माग गर्दै कोरियाली भाषा सिकेका युवाले शुक्रबार बालकुमारीमा प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको थियो । प्रहरीको कुटपिटबाट दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो । यो घटना सहित राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तर सम्म मुद्दा बनेका विभिन्न घटनाका विषयमा राष्ट्रिय […]

    १४ पौष, काठमाडौँ । कोरियामा पानी जहाज निर्माण क्षेत्रमा भाषा परीक्षा दिइ बसेका सबैका लागि उत्पादन क्षेत्रको भाषा परीक्षामा आवेदन खुलेको छ । वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस शाखाले सोमबार १६ गतेदेखि १८ गतेसम्म फाराम भर्नको लागि आवेदन खुला गरेको हो । उच्च अदालत पाटनले शुक्रबार आवेदन फाराम भर्न रोक नलगाउन आदेश दिएपछि कोरियाको मानव […]

    ८ पौष, काठमाडौँ । नेपालकै पहिलो नृत्य निर्देशकहरुको अवार्ड ‘प्रथम एनडिए नृत्य निर्देशक अवार्ड-२०८०’ कार्यक्रम सम्पन्न भएको छ । नेशनल डाइनामिक आर्ट्स (एनडिए) प्रा.लि.को आयोजनामा २४ विधामा अवार्ड वितरण गरिएको थियो । कार्यक्रम नेपालकै पहिलो नृत्य निर्देशक एंव नृत्य सम्राट भैरव बहादुर थापाको प्रमुख आतिथ्यतामा काठमाडौँको राष्ट्रिय नाचघर जमलमा भव्यताका साथ सम्पन्न भएको हो । […]

    Translate »