Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ सब भेरियन्ट जेएन.वानको सङ्क्रमण पुष्टि

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

    २३ पौष, काठमाडौँ । नेपालमा पहिलो पटक कोभिड–१९ को ओमिक्रोन भेरियन्टको नयाँ सब भेरियन्ट जेएन.वानको सङ्क्रमण पुष्टि भएको छ ।

    जिनोम सिक्वेन्सिङ प्रविधिबाट जेएन.वान को सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी गराएका छन ।

    Advertisement

    देशका विभिन्न भागहरूबाट सङ्कलन गरिएका १६ वटा पोजेटिभ नमुनाहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पौष २२ गते गरेको पछिल्लो जिनोम सिक्वेन्सिङ प्रविधिबाट सात वटा नमुनामा ओमिक्रोनको सब भेरियन्ट जेएन।वान पुष्टि भएको हो ।

    अहिले चीन, भारत लस्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयस्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयगायत विश्वका केही देशहरूमा कोभिड – १९ सङ्क्रमण ओमिक्रोनको नयाँ सब भेरियन्ट जेएन.वानको जोखिम बढिरहेकोले आवश्यक निगरानी एवम् सम्बन्धित देशहरूसँग समन्वय गरिरहेको मन्त्रालयले जनाएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »