Close sidebar
  • ताजा
  • लोकप्रिय
  • ३ जेठ, काठमाडौँ । सुनको भाउमा निरन्तर उकालो लाग्दै गएको छ । सुन र चाँदीमा फेरि उच्च मूल्य रेकर्ड बनेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला एक लाख ४० हजार रुपैयाँ तोकेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १ हजार ६ सय बढी हो भने हालसम्मकै उच्च हो […]

    २ जेठ, काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछाने माथिको निलम्बन फुकुवा गरेको छ । क्यानले पाटन उच्च अदालतको फैसला बमोजिम क्रिकेटर सन्दीप माथिको निलम्बन फुकुवा गरेको अध्यक्ष चतुरबहादुर चन्दले एक विज्ञप्ति जारी गर्दै जनाएका छन । पाटन उच्च अदालतले बुधबार मात्रै सन्दीपलाई बलात्कार मुद्दामा सफाइ दिएको छ । अदालतको फैसला लगत्तै क्यानका […]

    इमरान खान १ जेठ, कपिलवस्तु । कपिलवस्तुमा मुस्लिम हजयात्रीहरुलाई पहिलो पटक एकदिने प्रशिक्षण गरिएको छ । मंगलबार लक्ष्मीनगरमा नेपाल हज समितिका नवनियुक्त सदस्य राशिद मिर्जा वेगले जिल्लाका हजयात्रीहरुलाई मक्का मदिना पुगेपछि हज गर्ने, नमाज पढ्ने, कपडा लगाउने र दान पुण्य गर्ने विषयमा प्रशिक्षण गराएका हुन् । मुस्लिम समुदायको पवित्र धार्मिक स्थल मक्का मदिनाको हजको विषयमा […]

    ३१ बैशाख, काठमाडौँ । रुसी रक्षामन्त्री सर्गेई शोइगुलाई रक्षा मन्त्रीबाट अन्यत्र लग्न लागिएको क्रेमलिनले घोषणा गरेको छ । उनी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका लामो समय देखिका सहयोगी रहँदै आएका छन । हाल ६८ वर्षका शोइगु सन २०१२ देखि रक्षामन्त्री छन । उनलाई अब रुसको सुरक्षा परिषद्को प्रमुख बनाउन लागिएको बीबीसीले उल्लेख गरेको छ । रुसको […]

    ३१ बैशाख, काठमाडौँ । म्यानचेस्टर युनाइटेडलाई उसैको घरेलु मैदानमा हराउँदै आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । योसँगै प्रिमियर लिगको उपाधि होड अन्तिम खेलसम्म पुग्ने निश्चित भएको छ । खेलमा लियान्ड्रो ट्रोसार्डले २० औँ मिनेटमा गरेको एक मात्र गोल निणर्ायक बन्यो । खेलमा फर्कन युनाइटेडले धेरै प्रयास गरे पनि टोलीले आर्सनलका गोलकिपर डेभिड रायालाई […]

    २९ बैशाख, काठमाडौँ । युरोप भ्रमणमा रहेकी मिथिला चित्रकार रन्जु यादवले डेनमार्कको राजधानी कोपनहेगनमाद मिथिला चित्रकलासम्बन्धी प्रशिक्षण दिएका छिन् । प्रसिद्ध चित्रकार यादवले डेनमार्कमा बस्ने नेपाली र भारतीय बालबालिकालाई मिथिला चित्रसम्बन्धी प्रशिक्षण दिएकी हुन् । चित्रकार यादव अहिले तेतिस दिवसीय युरोप भ्रमणको क्रममा डेनमार्कमा छिन् । यही मौका छोपेर गैरआवासीय नेपाली संघ डेनमार्कले कोपनहेगनमा शुक्रबार […]

    २९ बैशाख, काठमाडौँ । दक्षिण कोरियाले यस वर्षदेखि नेपालबाट थप दुईवटा नयाँ क्षेत्रमा कामदार लग्ने भएको छ । कोरियाले लामो समयदेखि नेपालबाट उत्पादनमूलक र कृषि क्षेत्रमा कामदार लिँदै आएको छ । केही समय अघि देखि पानीजहाज निर्माण क्षेत्रमा पनि कामदार लग्न थालेकोमा अब सेवा र वन क्षेत्रमा पनि कामदारहरू लिने नेपालका लागि कोरियाली राजदूतले जानकारी […]

    २९ बैशाख, बाँके । बाँकेको जमुनाहा स्थित नेपाल-भारत सीमा नाका तीन दिनका लागि बन्द गरिएको छ । भारतको उत्तरप्रदेश स्थित बहराइच जिल्लामा यही वैशाख ३१ गते हुने लोकसभा निर्वाचनका लागि सीमा नाका तीन दिनका लागि बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको हो । शुक्रबार राती १० देखि बैशाख ३१ गते राति १२ बजे सम्म […]

    २७ बैशाख, नवलपरासी । नेपाल भारत सिमाको दशगजा क्षेत्रमा नेपाली तथा भारतीय सुरक्षाकर्मीहरुले संयुक्त रुपमा सरसफाई गरेका छन् । सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण हे.क्या. नवलपरासीको अगुवाईमा सरसफाई गरिएको थियो । पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा पर्ने नेपाल-भारत सिमा दशगजा क्षेत्रमा सरसफाई गरिएको नवलपरासी २६ न. गणका गणपती सशस्त्र प्रहरी उपरीक्षक प्रकाश बाग्लेले जानकारी […]

    २६ बैशाख, काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई २० रनले हराएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २ सय २२ रनको चुनौती दिएको थियो । उक्त चुनौती पूरा गर्न नसक्दा राजस्थान पराजित भएको हो । पूरै ओभर खेल्दै राजस्थान […]

    Translate »