Close sidebar
  • ताजा
  • लोकप्रिय
  • १३ चैत, काठमाण्डाैँ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका तीन जनालाई जेल चलान गरिएको छ । गत चैत ७ गते प्रधानमन्त्री प्रचण्ड एक कार्यक्रममा सहभागी बन्न नयाँ बानेश्वरमा गएका बेला सोलुखुम्बुका उद्धव बस्नेत, बाग्लुङका सोम शर्मा र बझाङका विप्लव खड्काले नाराबाजी गरेका थिए । जसपश्चात […]

    १३ चैत, काठमाण्डौँ । विरोध प्रदर्शनका लागि ११ दिनको पैदल यात्रा गरेर काठमाण्डौँ आएका मिटरब्याजबाट पीडित आन्दोलनकारीहरूलाई खुलामञ्चमा प्रवेश गर्न नदिएपछि उनीहरूले खुलामञ्च अगाडि प्रदर्शन गरिरहेका छन् । महोत्तरीको बर्दिवासबाट ११ दिनको पैदलयात्रा तय गरेर आइतवार काठमाण्डौँ उपत्यका प्रवेश गरेका पीडितहरूलाई प्रहरीले खुलामञ्चमा प्रवेश गर्न नदिएपछि उनीहरूले खुलामञ्चको गेटमै नाराबाजी थालेका छन । यसअघिका आन्दोलनमा […]

    १३ चैत, काठमाडौँ । नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवसको अवसरमा आँखा शिविर सम्पन्न भएको छ । नेपाल नेत्र ज्योति संघ संगको सहकार्यमा नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा शिविरको आयोजना गरिएको हो । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले संयोजन गरेको शिविरमा १ सय ५५ जना पत्रकारहरुका आँखा परिक्षण गरिएको हो । आखा परिक्षणका […]

    १२ चैत, नवलपरासी । पूर्वी नवलपरासीको एक गाउँमा वटा बम फेला परेका छन् । विनयीत्रिवेणी गाउँपालिका–५ को भेडी गाउँमा आज दिउँसो बेवारिसे अवस्थामा नौ वटा बम फेला परेका हुन । जङ्गलमा चौपाया चराउन गएका किसानहरूले बारीमा बम देखेपछि खोतल्दै जाँदा एकै ठाउँमा नौवटा बम देखिएको हो । बारीमा बम देखिएपछि स्थानीय जनप्रतिनिधिले प्रहरीलाई खबर गरेका थिए […]

    १२ चैत, बाँके । उडिरहेको नेपाल एअरलाइन्सको विमान ठोक्किन सक्ने चेतावनी प्रणाली सक्रिय हुने गरी अस्वाभाविक रूपमा नजिक आएको भनिएको एअर इन्डियाको एउटा जहाजका पाइलट माथि छानबिन सुरु गरिएको छ । जहाजका पाइलट माथि छानबिन सुरु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूले बताएका बीबीसीले उल्लेख गरेको छ । गत शुक्रवार क्वालालम्पुरबाट काठमाण्डू आउँदै गरेको नेपाल […]

    १२ चैत, काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आवधिक निर्वाचन बर्ग सङ्घर्षको महत्वपूणर् थलो भएको वताउँदै निर्वाचनमा काम नलाग्ने पार्टी सदस्य हुनु र नहुनुको कुनै अर्थ नहुने बताएका छन । नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीले मिसन ग्रासरुट अन्तर्गत शनिबार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा महासचिव पोखरेलले निर्वाचनको समयमा पार्टीका लागि काम नलाग्ने सदस्यहरू पार्टीको […]

    ११ चैत, बाँके । बाँकेको नेपालगञ्जमा लुम्बिनी प्रदेश खसआर्य जनमत संघ घोषणा तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । सिके रावत नेतृत्वको जनमत पार्टीको आयोजनामा बिभिन्न दलका नेताकार्यकर्ताहरु जनमतमा प्रवेश गरेका छन । पार्टीका केन्द्रिय सचिव भोपेन्द्र प्रसाद यादवको प्रमुख उपस्थितिमा लुम्बिनी प्रदेश खसआर्य जनमत संघ घोषणा एवं बिभिन्न पार्टी एवं दल परित्याग गरेर […]

    ११ चैत, काठमाडौं । तीस वर्ष सेवा अवधि पूरा गरी सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु तथा प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोह बीच बिदाइ गरिएको छ । उनीहरुलाई नवनियुक्त प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले शुभकामना सहित बिदाई गरिएको हो । […]

    ८ चैत, काठमाडौं । नेपाल सरकार मन्त्रीपरिषद्को २०७९ चैत ६ गतेको निणर्यअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनु भएका ५ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हबाट सुशोभित भएका छन । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोह बीच प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएका बसन्त बहादुर […]

    Translate »