१२ चैत, बाँके । उडिरहेको नेपाल एअरलाइन्सको विमान ठोक्किन सक्ने चेतावनी प्रणाली सक्रिय हुने गरी अस्वाभाविक रूपमा नजिक आएको भनिएको एअर इन्डियाको एउटा जहाजका पाइलट माथि छानबिन सुरु गरिएको छ ।
जहाजका पाइलट माथि छानबिन सुरु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूले बताएका बीबीसीले उल्लेख गरेको छ ।
गत शुक्रवार क्वालालम्पुरबाट काठमाण्डू आउँदै गरेको नेपाल अयरलाइन्सको जहाजमा अचानक अर्को जहाज नजिक आएको खतराको सूचना प्रवाह भएको थियो ।
Advertisement
नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूका अनुसार काठमाण्डूमा अवतरणका लागि तयारी गरिरहेको नेपाल एअरलाइन्सको जहाजमा जोखिम हुने गरी एअर इन्डियाको जहाज नजिक आएको थियो ।
‘नेपाल एअरलाइन्सको विमान १५ हजार फिट माथि उडिरहेको बेला १९ हजार फिटमा उडिरहेको एअर इन्डियाको जहाजले एक्कासि उचाइ कम गरेर नेपाल एअरलाइन्सको निकट आएको पाइएपछि छानबिन समिति गठन गरिएको छ’, नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए ।
Advertisement
‘त्रिभूवन विमानस्थलको राडारमा पनि दुइटा विमान नजिकै देखिएपछि तत्कालै एउटालाई उचाइ बढाउन र अर्कोलाई कम गर्न भनिएको थियो ।’
– बीबीसीबाट

















टिप्पणीहरू