Close sidebar
  • ताजा
  • लोकप्रिय
  • प्रधानमन्त्री प्रचण्ड विरुद्ध नाराबाजी गर्ने तीन जना जेल चलान

    १३ चैत, काठमाण्डाैँ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका तीन जनालाई जेल चलान गरिएको छ ।

    गत चैत ७ गते प्रधानमन्त्री प्रचण्ड एक कार्यक्रममा सहभागी बन्न नयाँ बानेश्वरमा गएका बेला सोलुखुम्बुका उद्धव बस्नेत, बाग्लुङका सोम शर्मा र बझाङका विप्लव खड्काले नाराबाजी गरेका थिए ।

    Advertisement

    जसपश्चात प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । जिल्ला प्रशासन कार्यालय काठमाण्डौँले तीनै जनासँग आइतबार अभद्र व्यवहार मुद्दामा जनही पाँच हजार रुपैयाँ धरौटी मागेको थियो । तर उनीहरुले धरौटी तिर्न अस्वीकार गरेपछि जेल चलान गरेको जिल्ला प्रशासन कार्यालय काठमाण्डौँले जनाएको छ ।

    गत चैत ७ गते काठमाडौंको थापागाउँमा आयोजित ५८ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवस (२१ मार्च) लाई सम्बोधन गर्न पुगेका  प्रधानमन्त्री हलमा छिर्नेबित्तिकै यी तीन युवाले गरिबमारा भन्दै नाराबाजी गरेका थिए।

    Advertisement

    प्रचण्डविरुद्ध चर्को नाराबाजी गरेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिंदा मुख थुनेको थियो जसको व्यापक आलोचना भएको थियो।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »