१३ चैत, काठमाण्डौँ । विरोध प्रदर्शनका लागि ११ दिनको पैदल यात्रा गरेर काठमाण्डौँ आएका मिटरब्याजबाट पीडित आन्दोलनकारीहरूलाई खुलामञ्चमा प्रवेश गर्न नदिएपछि उनीहरूले खुलामञ्च अगाडि प्रदर्शन गरिरहेका छन् ।
महोत्तरीको बर्दिवासबाट ११ दिनको पैदलयात्रा तय गरेर आइतवार काठमाण्डौँ उपत्यका प्रवेश गरेका पीडितहरूलाई प्रहरीले खुलामञ्चमा प्रवेश गर्न नदिएपछि उनीहरूले खुलामञ्चको गेटमै नाराबाजी थालेका छन ।
Advertisement
यसअघिका आन्दोलनमा सरकारले आफूसँग गरेका सम्झौता पालना नगरेको भन्दै प्रधानमन्त्री समक्ष आफ्ना माग फेरि सुनाउन भन्दै उनीहरू बर्दिवासदेखि पैदल यात्रा गरेर काठमाण्डौ आएका हुन् ।
यसैबीच काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले पीडितहरूलाई पशुपति धर्मशालामा बस्ने र खाने व्यवस्था मिलाएको भए पनि उनीहरू अटेरी गरेर खुलामञ्चमा प्रवेश गर्न लागेको बताइएको छ ।
Advertisement
यता फेसबकुमा स्टाटस लेख्दै बालेन्द्र शाहले महानगरपालिका पीडितहरूको पक्षमा रहेको भन्दै माग सुनाउन पीडितहरू काठमाण्डौँ आउने अवस्था रोक्न सङ्घीय सरकारले काम गर्नुपर्ने बताएका छन ।
उनले भनेका छन, ‘बिगत केही बर्ष देखि नेपाल सरकारले मिटर ब्याजीहरुलाई कारबाहीको दायरामा ल्याउने आश्वासनमै सिमित रहयो । सधै काठमाडौ आएर आन्दोलन नै गर्न पर्ने स्थिति सिर्जना हुदा पनि सरकार हेरेर बस्ने अवस्था छ । हिजो ११ दिन हिडेर काठमाडौ आउने समाचार हेरे पछि महानगरको मेयरको हैसियतले आफ्नो कार्यक्षेत्रमा नपरे पनि मानवताको नाताले काठमाडौ बसुन्जेल पशुपति धर्मशालामा बास र खानाको ब्यबस्थापन गर्न हामी तत्पर भएर आज बिहानै उहाँहरु सङ सम्पर्क गरेर हामीले पशुपति जान अग्रह गर्यौ तर उहाँहरु खुल्लामञ्च मै बस्न खोज्नु भयो । हामीले सम्झाएर रत्नपार्कको शान्तीबाटिकामा आन्दोलन गर्न प्रबन्ध गरेका छौ र उहाँहरुको माग प्रती एक्यवद्धता जनाउदै नेपाल सरकार समक्ष उहाँहरु को समस्या समाधानको लागि जोडदार माग राख्दछौ । हामी चाहन्छौ यस्तो अवस्थामा काठमाडौ कोहि आउन नपरोस, गाउँ गाउँमा सरकार पुगोस ।’

















टिप्पणीहरू