२ चैत, झापा । झापामा प्रतिबन्धित लागु औषध र नक्कली नोट सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बिर्तामोड नगरपालिका-४ स्थितबाट लागु औषध ब्राउन सुगर र नक्कली नोट सहित उनीहरुलाई पक्राउ गरेको हो । बुधबार बेलुका बिशेष सूचनाको आधारमा प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले बिर्तामोड-४ का सुवास ताजपुरियाको घर कोठा खानतलासी गर्दा ४ […]
२ चैत्र, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीका क्रममा विदेश जाने युवाहरूलाई अनावश्यक दुःख नदिन निर्देशन दिएका छन । बिहीबार दिउँसो गृह मन्त्रालय मातहतको विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले वैदेशिक रोजगारीमा जाँदा युवाहरूले अनेकौँ समस्या भोग्नुपरेको बताउदै अनावश्यक दुःख नदिन निर्देशन दिएका हुन । बैठकमा प्रधानमन्त्रीले भने, ‘वैदेशिक रोजगारीमा जाने […]
विदेशीको इसारामा चल्ने नेताहरूलाई जनताले तिरस्कार गर्नुपर्छ !
२ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो पटक विश्वासको मत चैत ६ गते लागेका छन् । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् । चैत ६ गते विश्वासको मत लिने व्यवस्था मिलाइदिन भन्दै प्रधानमन्त्री प्रचण्डले संघीय संसद् सचिवालयलाई बिहीबार पत्र पठाएका बुझिएको छ । यसअघि प्रधानमन्त्री प्रचण्डले नेकपा एमाले सँगको गठबन्धन गरेर […]
२ चैत, काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को अन्तिम खेलमा यूएईलाई ९ रनले पराजित गर्दै नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ । कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा डकवर्थ लुईस नियम अनुसार नेपालले यूएईलाई ९ रनले पराजित गरेको हो । ४४ ओभरमा ६ विकेट गुमाएर २ सय ६९ रन बनाएको अवस्थामा […]
२ चैत, काठमाडौं । स्पेनिस क्लब रियल म्याड्रिड र इटालियन क्लब नापोली च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । राउण्ड अफ १६ अन्तर्गत बुधबार राति जर्मनीको फ्रान्कफुर्टलाई ३-० गोल अन्तरले हराउँदै समग्रमा ५-० को जितसहित नापोली पहिलो पटक अन्तिम आठमा पुगेको हो । पहिलो लेगमा नापोलीले फ्रान्कफुर्टलाई २-० ले हराएको थियो । राति नै भएको […]
२ चैत, काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावका लागि विद्यार्थी सङ्गठनले प्रचारप्रसार तीव्र बनाएका छन् । ठूला आङ्गिक क्याम्पसमा विद्यार्थी सङ्गठनहरूले आ–आफ्नो पक्षमा प्रचारप्रसारलाई तीव्र पारेका हुन् । स्ववियु निर्वाचन आचारसंहिता अनुसार आज (बिहीबार) प्रचारप्रसारको अन्तिम दिन हो । त्यसपछि मौन अवधि सुरु हुने भएकाले कुनै पनि माध्यमबाट भोट माग्न वा प्रचार गर्न पाइँदैन […]
२ चैत, काठमाडौं । आज मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीवार बिहान ६ बजे मौसम पूर्वानुमान जारी गरेको बुलेटिनमा महाशाखाले पहाडी भू–भागका थोरै स्थान तथा तराई भूभागका १–२ स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको उल्लेख गरेको हो । महाशाखाका अनुसार हाल देशमा स्थानीय […]
१ चैत, बाँके । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को मनोनयनका दिन नेपालगञ्ज स्थित महेन्द्र बहुमुखी क्याम्पसमा आन्दोलित संयुक्त विद्यार्थी संगठनकाे सहमति पछि चुनाव हुने निश्चित भएको छ । स्ववियु निर्वाचनको मुखमा महेन्द्र बहुमुखी क्याम्पस प्रशासनले चुनावमा अन्य संगठनलाई प्रभावित पार्ने गरी प्रत्यक्ष भुमिका खेलेको आरोप लगाउदै त्यसको विरोधमा नौ विद्यार्थी संगठनले तालाबन्दी गरेका थिए । […]
१ चैत, इस्लामावाद । भारतले पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफलाई अप्रिलमा नयाँ दिल्लीमा हुन लागेको सांघाई सहयोग संगठन (एससीओ) बैठकमा सहभागी हुन निमन्त्रणा दिएको छ । हाल एससीओको अध्यक्षता भारत सँग छ, जसमा चीन, भारत, काजाकिस्तान, किर्गिस्तान, रुस, पाकिस्तान, ताजिकिस्तान र उज्वेकिस्तान छन् । एससीओको अध्यक्षका रूपमा भारत बैठकको आयोजना गर्न लागेको बताइएको छ । कूटनीतिक […]

