२ फाल्गुन, काठमाडाैँ । चालु आर्थिक वर्षको साउन देखि पुस सम्मको ६ महिनाको अवधिमा देशभर संचालन भएको समुदाय-प्रहरी साझेदारी कार्यक्रम मार्फत कुल २० लाख ६२ जना नागरिकहरू प्रत्यक्ष लाभान्वित भएका छन् । यस अवधिमा जम्मा १ सय वटा शीर्षकमा देशभर ४९ हजार ३२६ वटा सामुदायिक कार्यक्रमहरू सञ्चालन भएका थिए । नेपाल प्रहरीको कार्ययोजना २०८० र […]
३ फाल्गुन, कास्की । गण्डकी प्रदेश सरकार स्थापना दिवसका अवसरमा शुक्रबार प्रदेशभरि सार्वजनिक बिदा हुने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना जारी गरी शुक्रबार प्रदेशभरिका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा बिदा दिइएको जनाएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णयानुसार प्रदेश राजपत्रमा बिदासम्बन्धी सूचना प्रकाशित भइसकेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव […]
२ फाल्गुन, बाँके । मधेश मिडिया मिसन नेपाल बाँके शाखाको जिल्ला अधिवेशनको बन्द सत्रबाट पुनः चन्द्रेश्वरराज त्रिपाठीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ । मंगलबार श्री सत्यराम तपसी बाबा मन्दिर प्राड्डणमा सम्पन्न जिल्ला अधिवेशनबाट उपाध्यक्षमा मनोज कौशल, सचिवमा सन्ध्या शर्मा, कोषाध्यक्षमा चन्दा सिंहलाई चयन गरिएको छ । यसैगरी सदस्यहरुमा क्रमशः शुभम शर्मा, धर्मप्रकाश जयसवाल, प्रदीप […]
२९ माघ, बर्दिया । समलिङ्गी (लेस्बियन) महिला महिलाको विवाह दर्ता भएको छ । सर्वोच्च अदालतको आदेश अनुसार बर्दियाको बढैयाताल गाउँपालिका वडा नं २ को कार्यालयले लेस्बियन जोडीको विवाह दर्ता गरेको हो । पाँच वर्षदेखि समलिङ्गी सम्बन्धमा रहेका बढैयाताल वडा नं २ निवासी अन्जुदेवी श्रेष्ठ (दीप्ति) र बाँके कोहलपुर नगरपालिका वडा नं ५ बस्ने सुप्रिता गुरुङ्गको […]
२९ माघ, काठमाडौँ । रुसी सेनामा १५ हजार नेपाली भर्ना भएका बताइएको छ । अमेरिकी सञ्चारमाध्यम ’सीएनएन’ ले नेपालबाट १५ हजार जना नेपाली रुसी सेनामा भर्ना भएको दाबी गरेको छ । रुसी सरकारले गत वर्ष विदेशी लडाकुलाई देशको सेनामा भर्ना हुन आकर्षक प्याकेज घोषणा गरेपछि १५ हजार जना नेपाली रुसी सेनामा भर्ना भएका सीएनएन जनाएको […]
२८ माघ, बाँके । लिमरा खबर डट कमका सम्पादक अब्दुल करीम इद्रिसी (सकील) लाई पितृ शोक परेको छ। नेपाल पत्रकार महासंघ बाँकेका साधारण सदस्य एवं नेपाल प्रेस युनियनका साधारण सदस्य समेत रहेका इद्रिसीका पिता अब्दुल रहीस दर्जीको ७५ वर्षको उमेरमा निधन भएको हो । सञ्चारकर्मी इद्रिसीका अनुसार दर्जी विगत एक बर्ष देखि बोनमेरो जोइंट क्यान्सर […]
२८ माघ, धादिङ । आफैँले चलाएको विद्युतीय आरोले काटेर नीलकण्ठ नगरपालिका–८ साघुटारका ३८ वर्षीय राजकुमार श्रेष्ठको मृत्यु भएको छ । अमरावती सामुदायिक वन गोडमेल गर्ने क्रममा दाउरा काट्न प्रयोग गरिएको विद्युतीय आरो आफ्नै शरिरमा रेटिँदा घाइते भएका श्रेष्ठको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । रुख काट्दा चलाएको आरो उछिट्टिएर श्रेष्ठलाई लागेको प्रत्यक्षदर्शीले बताएका […]
२८ माघ, काठमाडौँ । ललितपुरमा एकै परिवारका तीन जना मृत्यु भएको छ । ललितपुरको महालक्ष्मी नगरपालिका–३ इमाडोलको ओचुहाइटकी रविना महर्जन र उनका दुई सन्तानको मृत्यु भएको छ । प्रहरीका अनुसार रविना महर्जन घरको तीन तलाबाट हाम्फाले पछि मृत्यु भएको हो । शनिबार उपचारको क्रममा उनको ललितपुरकै किष्ट अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख […]
२० माघ, काठमाडौं । बाँसवारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका ९ बस्ने तत्कालिन बाँसवारी छाला जुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष ८० वर्षीय अजित नारायण सिंह थापा, सोही महानगरपालिका २६ बस्ने तत्कालिन च्याम्पियन फुटवयेर लि. र प्रा. लि. का शेयर धनी […]
१९ माघ, बाँके । लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा पत्रकारहरुलाई सम्मान सहित पुरस्कृत गर्न लागेकोमा उक्त सम्मानमा थारु पत्रकार नपरेको भन्दै थारु पत्रकार संघ बाँके शाखाले बिरोध जनाएको छ । सञ्चारकर्मी सम्मान तथा पुरस्कार वितरण सम्बन्धि कार्यविधि २०८० बमोजिम यस वर्ष वितरण गरिने अग्रज पत्रकारिता पुरस्कार र श्रृजनशिल पत्रकारिता पुरस्कारको विषयमा लुम्बिनी प्रदेश […]











