२८ माघ, काठमाडौँ । ललितपुरमा एकै परिवारका तीन जना मृत्यु भएको छ । ललितपुरको महालक्ष्मी नगरपालिका–३ इमाडोलको ओचुहाइटकी रविना महर्जन र उनका दुई सन्तानको मृत्यु भएको छ ।
प्रहरीका अनुसार रविना महर्जन घरको तीन तलाबाट हाम्फाले पछि मृत्यु भएको हो । शनिबार उपचारको क्रममा उनको ललितपुरकै किष्ट अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख शेखर खनालले जानकारी दिए ।
Advertisement
यस्तै, घरकै कोठामा उनका ६ वर्षीय छोरा र दुई बर्षीया छोरी अचेत अवस्थामा भेटिएका थिए । उनीहरुलाई पनि अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । रविनाले आत्महत्या गरेको घटनाको प्रकृतिले देखिएपनि दुई सन्तानको मृत्युका साथै अन्य कारणबारे खुल्न नसकेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ ।
टिप्पणीहरू