२८ माघ, बाँके । लिमरा खबर डट कमका सम्पादक अब्दुल करीम इद्रिसी (सकील) लाई पितृ शोक परेको छ। नेपाल पत्रकार महासंघ बाँकेका साधारण सदस्य एवं नेपाल प्रेस युनियनका साधारण सदस्य समेत रहेका इद्रिसीका पिता अब्दुल रहीस दर्जीको ७५ वर्षको उमेरमा निधन भएको हो ।
सञ्चारकर्मी इद्रिसीका अनुसार दर्जी विगत एक बर्ष देखि बोनमेरो जोइंट क्यान्सर रोगबाट पीडित थिए । बोनमेरो जोइंट क्यान्सर सम्बन्धि समस्याका कारण उनको निधन भएको बताइएको छ । उनको लखनउमा रहेको अपोलो हॉस्पिटलबाट उपचार भइरहेको थियो।
Advertisement
दर्जीकी श्रीमती संतोला दर्जी सहित एक छोरा र ४ जना छोरी रहेका छन् । जानकी गाउँपालिका वडा नं. ५ गुरुवागाउँका इद्रिसी निवासी हुन् ।
टिप्पणीहरू