Close sidebar
  • ताजा
  • लोकप्रिय
  • २९ जेठ, बाँके । कृषि दशकैमा मलखाद्य अनुदान कटौती भएको बाँके क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य धवल शम्शेर राणाले बताएका छन । प्रतिनिधि सभामा आज बोल्दै राणाले बजेटमा पनि सरकारको नीति तथा कार्यक्रममा पनि कृषि दशक भनिएको भएपनि कृषि दशकैमा मलखाद्य अनुदान कटौती भएको र मलखाद्य नपाएको अवस्था रहेको बताएका छन । यूरिया, डिएपी […]

    २७ जेठ, काठमाडौँ । नरेन्द्र मोदी लगातार तेस्रो पटक भारतको प्रधानमन्त्री बनेका छन् । उनले आज नयाँ दिल्लीमा आयोजित समारोहमा गोपनीयताको शपथ ग्रहण गरेका छन । राष्ट्रपति द्रौपदी मुर्मूले नरेन्द्र मोदीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन । नरेन्द्र मोदी सन् २०१४ मा पहिलो पटक भारतको प्रधानमन्त्री बनेका थिए । त्यसपछि सन् २०१९ मा […]

    २७ जेठ, नुवाकोट । संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री हितबहादुर तामाङले ग्लान बंशको थातथलोको अवलोकन गरेका छन । मन्त्री तामाङले नुवाकोट दुप्चेश्वर गाउँपालिका वडा नं. ४ बेतिनिस्थित ग्लान वंशको थातथलो नाम्सापुरान पुगेका हुन् । मन्त्री तामाङको आफ्नै वंशको थातथलो पुगेर नाम्सापुरानलाई पहिचानको रुपमा ग्लान सांस्कृतिक सङ्ग्राहलय बनाउने उद्घोष गरेका छन । मन्त्री तामाङले यो […]

    २७ जेठ, काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाई हुँदैछ । यसअघि शुक्रबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासमा परेको रिट ‘हेर्दा हेर्दै’मा राखिएको थियो । जसपा नेपाल विभाजन गरी अशोक राईले जनता समाजवादी पार्टी बनाएको र त्यसलाई निर्वाचन आयोगले मान्यता दिएको भन्दै अध्यक्ष […]

    २६ जेठ, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा एमालेको अस्तित्व समाप्त हुने खतरा देखेपछि संसद् विघटन गरेको बताएका छन् । एमाले काठमाडौं जिल्लाको सातौं अधिवेशनलाई आज उद्घाटन गर्दै यस्तो बताएका हुन । उनले विगतमा भएको संसद् विघटनको प्रसंगलाई कोट्याउदै संसद् विघटन गरेकै कारण अहिले पनि एमाले अस्तित्वमा रहेको उनले […]

    २२ जेठ, काठमाडौँ । मधेस प्रदेश सरकारबाट नेकपा (एकीकृत समाजवादी) बाहिरिएको छ । मंगलबार मधेस सरकारमा एकीकृत समाजवादीका दुई मन्त्रीले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा पत्र बुझाएका हुन् । राजीनामा दिनेमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्द न्यौपाने र श्रम तथा यातायात मन्त्री बेची लुंगेली रहेका छन् । मधेसमा जसपा नेपालको सरकार ढालेर जनमतको नेतृत्वमा […]

    २२ जेठ, काठमाडौँ । लिङ्ग परिवर्तन र हर्मोनल क्लिनिक गैरकानुनी रूपमा सञ्चालन भएको विषय सङ्घीय संसदमा उठेको छ । संविधान र कानुन विपरीतको यो कार्य तत्काल रोकिनुपर्ने माग संसदमा उठेको हो । समलिङ्गी, तेस्रो लिङ्गीले आफ्नो पहिचान अनुसार अन्य उल्लेख गरेर नागरिकता पाइरहेको अवस्थामा पनि महिला, पुरुष बन्ने र पुरुष, महिला बन्ने गलत अभ्यासको संसदमा […]

    सन्जीब दुलाल १८ जेठ, भक्तपुर । लोकल मदिरालाई ब्राण्डीङ गरी करको दायरामा ल्याउनु पर्ने बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले बताएका छन । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथि छलफलका क्रममा बोल्दै श्रेष्ठले लोकल मदिरालाई ब्राण्डीङ गर्न गर्दै पर्यटनलाई प्राथमिकता दिन सके प्रदेशको आम्दानीको श्रोत बढ्ने बताएका थिए । उनले प्रदेशको आम्दानीको श्रोत […]

    १३ जेठ, चितवन । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले नेपाली कांग्रेस सहमतिमा आउन नमाने वैकल्पिक व्यवस्थाबाट संसद सञ्चालन गरेर जाने बताएका छन । नेकपा (एमाले) चितवनको ११औं जिल्ला अधिवेशनको शनिवार भरतपुरमा उद्घाटन गर्दै उनले आफूलाई लोकतान्त्रिक पार्टी भन्ने काँग्रेसले सदन अवरुद्ध गर्ने काम उचित नभएको बताए । संसदीय छानविन समिति बनाउन माग गरेको कांग्रेसले सहमति […]

    १३ जेठ, कैलाली । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले कैलाली र कञ्चनपुरको बाल संगठनको अनुगमन गरेकी छन । जिल्ला भ्रमणका क्रममा मन्त्री चौधरीले बाल संगठनको अनुगमन गरी त्यहाँको अवस्थाका बारेमा जानकारी दिएकी हुन । त्यस क्रममा नेपाल बाल संगठन सुदूरपश्चिम प्रदेश समितिले धनगढीमा बाल संरक्षण गृह (बालग्राम) स्थापना गर्ने जनाएको छ । […]

    Translate »