आयोगको आज बसेको बैठकले फाल्गुन ३ गते भित्र निर्वाचन घोषणापत्र सार्वजनिक गरी पेस गर्न निर्देशन दिएको हो ।
जेनजी आन्दोलनका क्रममा सुशासन, पारदर्शिता र भ्रष्टाचार अन्त्यका विषय उठेको स्मरण गर्दै उहाँले आफूले सरकारको नेतृत्व सम्हालेलगत्तै दुई वर्ष अघि नै नीतिगत रूपमा यस क्षेत्रमा काम सुरु गरिएको स्पष्ट पारे ।
समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले सम्मेलनमा सहभागीहरूको व्यावसायिक एवम् व्यवहारिक ज्ञान, दक्षता र अनुभवका साथै दृष्टिकोण तथा सुझावहरूबाट नेपाल प्रहरीको आगामी कार्यदिशा तय गर्न महत्वपूर्ण पृष्ठपोषण मिलेको उल्लेख गरे । प्रविधिको माध्यमबाट सिर्जित अपराधका साथै अपराध अनुसन्धानमा देखा परेका नवीनतम् चुनौतीहरू समाधान गर्न नेपाल प्रहरी निरन्तर लागिरहेको र यस्ता अपराध नियन्त्रण गर्नको लागि नागरिकको रचनात्मक सहयोगको पनि निरन्तर आवश्यकता रहेको उनले बताए ।
२६ माघ, काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका एक सय निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । आजसम्म एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । हालसम्म डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम […]
राष्ट्रिय सभाले २०८२ भदौ १३ गते उक्त विधेयक दफाबार छलफलका लागि विधायक व्यवस्थापन समितिमा पठाएको थियो। समितिमा ३५ जना सांसदले १५५ वटा संशोधन प्रस्ताव दर्ता गरेका थिए ।
समावेशी समाजवादी पार्टीले प्रत्यक्षतर्फ ६ जना र समानुपातिक तर्फ १५ जनालाई उम्मेदवार बनाएको छ। पार्टीले देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये ६ वटा निर्वाचन क्षेत्रमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका उम्मेदवार रहेका कारण ती क्षेत्रहरूमा सर्वसम्मत निर्वाचित गराइदिन सार्वजनिक अपिल समेत गरेको छ ।
आसन्न फाल्गुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको घरदैलोमा उनले आफ्नो विपक्षी कुनै पनि पार्टी विशेष नरहेको बताउदै गरिबी, बेरोजगारी र भ्रष्टचार रहेको बताएका छन् ।
समानुपातिक निर्वाचन प्रणाली (PR) तर्फ राजनीतिक दलहरूबाट पेस भएका उम्मेदवारहरूको अन्तिम बन्दसूची प्रकाशन गर्नुका साथै पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (FPTP) तर्फको मतपत्र छपाइ जारी छ। टिकटक
घर–घरमा पुग्दै, टोल–टोलमा पुग्दै उनी जनताका दुःख, समस्या र अपेक्षा नजिकबाट बुझ्ने प्रयासमा जुटेका हुन । विवेक कुमार श्रेष्ठ
लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा बुधवार प्रदेशभर सार्वजनकि विदा दिएको छ । प्रदेश राजपत्रमा २०८१ चैत २१ गते प्रकाशित सूचना अनुसार प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेशमा सार्वजनिक विदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।










