Close sidebar
  • ताजा
  • लोकप्रिय
  • निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली तर्फ निर्वाचित एक सय १० सांसदको सूची सार्वजनिक गरेको छ ।

    २ चैत्र, काठमडौँ । एघारा महिनामा देशभर छ हजार सात सत सय ९९ वटा विपद्का घटना भएका छन् । गत वैशाख देखि फागुन मसान्तसम्म देशभर १२ हजार चार सय ५८ परिवार प्रभावित भएको राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको हो । ११ महिनामा विपद्मा परेर ४६४ जनाको ज्यान गएको र ३८ जना बेपत्ता भएका […]

    ग्याँस हुँदाहुँदै छैन भनेर ग्राहकलाई नदिने, अब ग्याँस पाइँदैन भनेर धेरै मूल्य लिने, इन्धन डिपोहरुमा तेल मौज्दाज हुँदाहुँदै छैन भनेर उपभोक्तालाई फर्काउने गरिएको गुनासो आउन थालेपछि महानगरपालिकाले निगरानी संयन्त्र सक्रिय बनाएको हो ।

    पुरानो प्रणाली विस्थापित गरी नयाँ प्रणाली जडानका क्रममा एक सातासम्म सेवा अवरुद्ध हुनसक्ने परराष्ट्र मन्त्रालय मातहतका राहदानी विभागले जनाएको छ । राहदानी

    १७ फाल्गुन, काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदानको दिन सवारीसाधन सञ्चालन सम्बन्धी व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित र अत्यावश्यक सेवामैत्री बनाउन सवारीसाधनको अनुमति सम्बन्धी कार्यविधि, २०८२ को दफा ५ को खण्ड “त”, दफा ९ र दफा ११ समेतका आधारमा आयोगबाट नेपाल सरकारलाई देहाय बमोजिमका सम्बन्धित प्रयोगकर्ताले मात्र प्रयोग गर्ने र असम्बन्धित यात्रु नबोक्ने सवारीसाधनहरूलाई पास आवश्यक […]

    आयोगले निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका, २०७८ को दफा ३ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकबाट पारित निर्वाचन सुरक्षा योजनाअनुसार सो प्रस्ताव गरिएको हो ।

    १४ फाल्गुन, काठमाडौँ । निर्वाचन आयोगले निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू हुन नदिने र कहीँ कतै भए गरेको पाइएमा प्रचलित कानुन बमोजिम तत्काल कारबाही गरी आयोगमा जानकारी गराउन गृह मन्त्रालायलाई अनुरोध गरेको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको उपयुक्त एवम् प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका २०७८ को दफा […]

    आयोले तीन दिनका लागि मतदान केन्द्र कायम रहेका शिक्षण संस्था, स्वास्थ्य चौकी, वडा कार्यालय लगायतका सरकारी संरचनाहरू र ती सरकारी संरचनाहरूमा रहेका भौतिक सम्पत्ति उपयोग गर्न गृह मन्त्रालय समक्ष अनुरोध गरेको छ ।

    निर्वाचनमा सहभागी राजनीतिक दल वा उम्मेदवारले आफ्नो झण्डा वा निर्वाचन चिह्न बोक्ने कार्यमा, सांस्कृतिक कार्यक्रममा, र्‍यालीमा, अमुक दल वा उम्मेदवारविरुद्धका गतिविधिमा, झण्डा वा निर्वाचन चिह्न अङ्कित भेष्ट/टिसर्ट/लोगो जस्ता चिजहरू प्रदर्शन गर्ने कार्यमा बालबालिका सहभागी गराउने गरेको र विद्यालय समयमा विद्यालय नजिकै राजनीतिक दल वा उम्मेदवारका चुनावी गतिविधि सम्बन्धी कार्यक्रम आयोजना गरी शैक्षिक कार्यमा अवरोध सिर्जना भएको उजुरी निर्वाचन आयोगमा प्राप्त भएका छन्।

    निर्वाचनलाई स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको छ । तर शैक्षिक संस्था सम्बद्ध केही प्राध्यापक, शिक्षक तथा कर्मचारी राजनीतिक दल तथा उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको भनी आयोगमा उजुरी तथा गुनासो आयोगमा प्राप्त भएको हो ।

    Translate »