Close sidebar
  • ताजा
  • लोकप्रिय
  • घरदैलोमा ‘विवेक कुमार श्रेष्ठ’, समाधानका बाटो खोज्ने प्रतिबद्धता

    २३ माघ, बाँके । बाँके क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विवेक कुमार श्रेष्ठ यतिबेला घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् ।

    घर–घरमा पुग्दै, टोल–टोलमा पुग्दै उनी जनताका दुःख, समस्या र अपेक्षा नजिकबाट बुझ्ने प्रयासमा जुटेका हुन ।

    Advertisement

    कतै बेरोजगारीको पीडा छ, कतै शिक्षा र स्वास्थ्यको समस्या, कतै सडक, खानेपानी र आधारभूत सेवाको अभाव — यी सबै आवाजलाई ध्यानपूर्वक सुन्दै, समाधानका बाटो खोज्ने प्रतिबद्धता व्यक्त गर्दै छन् विवेक कुमार श्रेष्ठ।

    जनताको घरदैलोमै पुगेर समस्या सुन्ने र समाधानका लागि योजना बनाउने यो अभियानले स्थानीयमा नयाँ आशा जगाएको देखिन्छ ।

    Advertisement

    स्थानीय बासिन्दाहरू पनि आफ्नो समस्या प्रत्यक्ष रूपमा राख्न पाउँदा खुसी व्यक्त गरिरहेका छन् ।

    परिवर्तनको चाहना बोकेर सुरु भएको यो अभियानले बाँके क्षेत्र नम्बर २ मा नयाँ ऊर्जा थपिरहेको छ । जनताको विश्वास, जनताको साथ र जनताको आवाजलाई प्राथमिकतामा राख्दै— घरदैलो कार्यक्रम निरन्तर अगाडि बढिरहेको छ ।

    Advertisement

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    57

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »