२ चैत्र, काठमडौँ । एघारा महिनामा देशभर छ हजार सात सत सय ९९ वटा विपद्का घटना भएका छन् । गत वैशाख देखि फागुन मसान्तसम्म देशभर १२ हजार चार सय ५८ परिवार प्रभावित भएको राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको हो ।
११ महिनामा विपद्मा परेर ४६४ जनाको ज्यान गएको र ३८ जना बेपत्ता भएका छन् । विपद्मा परी एक हजार ८१४ घाइते भएको प्राधिकरणको तथ्यांक छ ।
Advertisement
सो अवधिमा सबैभन्दा बढी आगलागीका घटना भएका छन् । जसमा तीन हजार तीन सय ३९ आगलागीका घटना हुँदा ९८ जनाले ज्यान गुमाएका छन् ।
सो अवधिमा बाढीका तीन सय १८, पहिरो पाँच सय ९०, भारी वर्षा चार सय २९, चट्याङ तीन सय ६७, सर्पदंश पाँच सय ९२, डढेलो दुई सय ४६ वटा घटना भएका छन् ।
Advertisement
यस्तै, हावाहुरीका दुई सय ९२, जनावर आक्रमण चार सय ८८, लेक लागेका एक सय १९ घटना भए । हिमपहिरोका पाँच, भूकम्प सात, डुङ्गा पल्टेर दुईवटा घटना घटेका छन् । त्यसैगरी, फागुन २९ गते बिहानदेखि ३० गते बिहानसम्म कुल २९ विपद्का घटना भएका प्राधिकरणले उल्लेख गरेको छ ।
यस्तै फाल्गुनमा २९ वटा विपद्का घटना भएका छन् । जसमा सात जना घाइते र नौ वटा चौपाया क्षति भएको हो ।
Advertisement


















टिप्पणीहरू