अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले प्रादेशिक तहमा अपाङ्गता भएका व्यक्तिको अधि
प्रदेश प्रमुखको कार्यालयबाट सचिवालयमा प्राप्त सातौं अधिवेशन आह्वान सम्बन्धी पत्र, मन्त्रिपरिषद् पुनर्गठन गरिएको सम्बन्धी पत्र र छैठौं अधिवेशनबाट पारित भई प्रमाणीकरण भएका विधेयक सम्बन्धी पत्र सभामुखले पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ ।
कृषि, भूमी व्यवस्था तथा सहकारी मन्त्रालयले पेश गरेको प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयक प्रदेश सभामा पठाउन बैठकले स्वीकृति प्रदान गरेको छ । सामाजिक विकास मन्त्रालयबाट दलित समुदायको अधिकार सुनिश्चित गर्ने विधेयक तथा अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमसम्बन्धी कार्यविधि, २०८२ पनि बैठकले पारित गरेको छ ।
‘संविधानसम्मत ढंगले संघ पनि चलोस्, प्रदेश पनि चलोस् र स्थानीय सरकार पनि चलोस् भन्ने हाम्रो मान्यता हो ।’ उनले भने, ‘संघीय सरकारले संविधानको मर्म र भावना नबिर्सोस् भनेर सातै प्रदेशका मुख्यमन्त्रीहरूको तर्फबाट प्रधानमन्त्रीको ध्यानाकर्षण समेत गराएका छौं ।’
आगामी मंसिर १८ गते नेपालगञ्जमा पहिलो पटक हुन लागेको लुम्बिनी स्पोर्टस अवार्डलाई केल्मीले सह–प्रायोजन गर्ने भएको हो ।
अवार्डमा लुम्बिनी प्रदेश अन्तर्गतका जिल्लाका खेलाडी, खेलकर्मीले प्राप्त गरेका उपलब्धी र सफलतालाई आधार मानेर अवार्ड प्रदान गर्ने तयारी भैरहेको कार्यक्रम संयोजक चाहना शाहले बताए ।
२२ भदौ, दाङ । लुम्बिनी प्रदेशमा निजामती सेवा दिवस-२०८२ को अवसरमा प्रभातफेरीको आयोजना गरिएको छ । सभामुख तुलाराम घर्तिमगर र प्रमुख सचिव बावुराम अधिकारी सहित कर्मचारीहरु तथा समुदायको झाँकि सहित प्रभातफेरीमा सहभागिता जनाएका छन। लुम्बिनिमा भदौ २०, २१ र२२गते विविध कार्यक्रम गरेरदिवस मनाइएको छ।
नेपालगञ्ज रंगशालामा भएको छात्र तर्फको खेलमा इन्टिग्रेटेड एकेडेमीले नेपालगन्जको वेस्टजोन माविलाई ४–० ले पराजित गरेको छ । खेलमा कप्तान निशान थापाले २ गोल, समर गुरुङ र निश्चल सुवालले १–१ गोल गरे ।
उपत्यका (देउखुरी)मा `संघीयता कार्यान्वयनमा प्रदेश निजामती सेवाका अवसर र चुनौती´विषयक अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा प्रदेश सरकारका प्रमुख सचिव बाबूराम अधिकारीको अध्यक्षता थियो ।
अन्तरक्रियामा बोल्दै प्रमुख सचिव अधिकारीले जनशक्ति व्यवस्थापनलाई प्राथमिकतामा राखिएको जानकारी दिए । उनले आधारभूत विषयमा समानता कायम गर्दै विविधता व्यवस्थापन गर्ने संघीय शासन व्यवस्थाको दृढता रहेको उल्लेख गरे ।
१६ भदौ, दाङ । लुम्बिनी र गण्डकी प्रदेशको दोस्रो मुख्यमन्त्रीस्तरीय संयुक्त बैठक सोमबार स्याङ्जाको गल्याङ्ग नगरपालिका-१ मालुङ्गा, खाँडामा सम्पन्न भएको छ । बैठकले प्रदेशको साझा विकासका लागि नौ बुँदे निर्णय गर्दै सहकार्यलाई अझ प्रभावकारी बनाउने प्रतिवद्धता जनाएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले निर्णयपत्रमा हस्ताक्षर गरेका छन । […]










