Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नेपालगञ्जमा लुम्बिनी स्पोर्टस् अवार्ड हुने

    २५ असोज, बाँके । खेलाडी र खेलकर्मीको योगदानलाई सम्मान गर्ने उद्देश्य सहित नेपालगञ्जमा पहिलो पटक लुम्बिनी स्पोर्टस् अवार्ड हुने भएको छ । रंगशाला नेपाल मिडिया प्रा.लि.ले आयोजना गर्न लागेको लुम्बिनी स्पोर्टस् अवार्ड आगामी मंसिर १८ गते हुनेछ ।

    रंगशाला नेपाल मिडिया २०७३ साल जेठ १८ गते स्थापना भएको संस्था हो । रंगशाला नेपाल मिडियाले सञ्चार र खेलकुदको क्षेत्रमा काम गर्दै आएको छ ।

    Advertisement

    अवार्डमा लुम्बिनी प्रदेश अन्तर्गतका जिल्लाका खेलाडी, खेलकर्मीले प्राप्त गरेका उपलब्धी र सफलतालाई आधार मानेर अवार्ड प्रदान गर्ने तयारी भैरहेको कार्यक्रम संयोजक चाहना शाहले बताए ।

    उनले भने, ‘लुम्बिनी प्रदेश खेलकुदका क्षेत्रमा निकै सशक्त प्रदेश हो । तर यहाँ खेलाडी र खेलकर्मीको मनोबल बढाउनका लागि निकै थोरै कार्यक्रमहरु हुने गरेका छन् । हामीले खेलकुदमा आफनो जीवन समर्पण गरेका र खेलमा नयाँ सम्भावना देखेर मिहिनेत गरिरहेका खेलाडीहरुको हौसला बढाउन पनि यो अवार्ड कार्यक्रम गर्ने तयारी गरेका हौं ।’

    Advertisement

    अवार्डमा उत्कृष्ट पुरुष खेलाडी अवार्ड, उत्कृष्ट महिला खेलाडी अवार्ड, विशेष अवार्ड र उत्कृष्ट टिम अवार्ड प्रदान गरिने रंगशाला नेपाल मिडियाका प्रबन्ध निर्देशक कमल खत्रीले बताए । अवार्ड सँगै पुरस्कृत हुनेलाई नगद र अन्य उपहार प्रदान गरिनेछ । लुम्बिनी स्पोर्टस् अवार्डलाई सफल बनाउनको लागि खेलकुदका निकाय, संघ,संस्था, विभिन्न कम्पनी, कर्पोरेट संस्थाहरुसँग सहकार्य गरेर कार्यक्रम आयोजना गरिने रंगशाला नेपाल मिडियाका निर्देशक खत्रीले जानकारी गराए ।

    अवार्ड कार्यक्रमले लुम्बिनी प्रदेशका खेलाडीको हौसला बढाउँदैं उनीहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका प्रतियोगितामा सफलता हासिल गर्न अभिप्रेरणा प्रदान गर्ने आयोजकले विश्वास लिएको खत्रीले बताए ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »