Close sidebar
  • ताजा
  • लोकप्रिय
  • लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशनको पहिलो बैठक आज बस्दै

    ८ मंसिर, बाँके । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशनको पहिलो बैठक आज बस्दैछ । बैठक सोमबार दिउँसो १ः०० बजे बस्ने प्रदेश सभा सचिवले जानकारी दिए ।

    प्रदेश प्रमुखको कार्यालयबाट सचिवालयमा प्राप्त सातौं अधिवेशन आह्वान सम्बन्धी पत्र, मन्त्रिपरिषद् पुनर्गठन गरिएको सम्बन्धी पत्र र छैठौं अधिवेशनबाट पारित भई प्रमाणीकरण भएका विधेयक सम्बन्धी पत्र सभामुखले पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ ।

    Advertisement

    यस्तै, सभामुखले सदस्यहरुको अनुपस्थितिको जानकारी सभालाई गराउनु हुने र दलको तर्फबाट सदस्यहरुले शुभकामना मन्तव्य राख्ने कार्यसूची छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »