तोकिएकोभन्दा धेरै शुल्क लिने तालिम प्रदायक संस्थाहरूको इजाजत पत्र स्वतः रद्द गर्ने चेतावनी समेत दिएको छ । अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि २०७६ मा प्रतिप्रशिक्षार्थी शुल्क ७०० रुपैयाँ मात्र तोकिएको विभागले स्मरण गराएको छ ।
१८ चैत्र, काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । यसका कारण बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहेको छ भने बाँकी तराई भू–भागमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी प्रदेशका केही तथा कोशी, बागमती, कर्णाली, सुदूरपश्चिम […]
आईओसीबाट प्राप्त नयाँ खरिद दरअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४१ रुपैयाँ ६० पैसाले बढेर आएको छ । पेट्रोलियम
१७ चैत्र, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद् बैठक आह्वान गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् । ‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२/१२/१६ को सिफारिसमा संवत् २०८२ साल चैत १९ गते बिहीबारका दिन १४:०० बजे […]
हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भू–भागका थोरै ठाउँहरु तथा मधेश प्रदेशसहित कोशी प्रदेशको तराई भाग, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भागका एक/दुई ठाउँमा दिउँसोपछि मेघगर्जन/चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।
एमालेबाट निर्वाचित सांसद शर्मामाथि नाबालिकालाई घरेलु श्रममा लगाएर बालबालिकाविरुद्धको कसुर गरेको गम्भीर आरोप छ । यसअघि काठमाडौँ महानगरपालिकाले उनको घरबाट बालिकाको उद्धार गरेपछि यो विषय चर्चामा आएको थियो ।
पहिलो मन्त्रिपरिषद् बैठकबाट स्वीकृत उक्त योजना आगामी १०० दिनभित्र कार्यान्वयनमा ल्याउने लक्ष्य राखिएको छ ।
नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ चैत १३ को बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीहरू : वि. सं. २०८२ भाद्र २३ र २४ को जेन-जी आन्दोलन तथा यसअघि भएका विभिन्न आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण शहीदहरूप्रति नेपाल सरकार भावपूर्ण श्रद्धान्जली व्यक्त गर्दछ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ। २०८२ फागुन २१ […]
गत भदौ २३ र २४ मा भएको ‘जेनजी’ आन्दोलन हिंसात्मक बनेपछि भएको मानवीय र भौतिक क्षतिको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले दोषी ठहर्याएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो । अदालत










