Close sidebar
  • ताजा
  • लोकप्रिय
  • पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई आज अदालत लगिँदै

    १५ चैत्र, काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई आज काठमाडौँ जिल्ला अदालत लगिँदै छ ।

    शनिबार बिहान पक्राउ परेका दुवै नेतालाई म्याद थपका लागि अदालत उपस्थित गराउन लागिएको हो ।

    Advertisement

    गत भदौ २३ र २४ मा भएको ‘जेनजी’ आन्दोलन हिंसात्मक बनेपछि भएको मानवीय र भौतिक क्षतिको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले दोषी ठहर्‍याएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

    बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »