Close sidebar
  • ताजा
  • लोकप्रिय
  • भारतबाट ह्वात्तै बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

    १८ चैत्र, काठमाडौँ । नेपाल आयल निगमले हवाई इन्धनको मुल्य वृद्धि गरेको छ ।

    निगम सञ्चालक समितिको बैठकले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १२४ रुपैयाँले बढाएको छ । साविकमा प्रतिलिटर १२७ रुपैयाँ रहेको आन्तरिकतर्फको हवाई इन्धन बढेसँगै प्रतिलिटर २५१ रुपैयाँ पुगेको हो ।

    Advertisement

    मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावको प्रत्यक्ष असर पर्दै भारतबाट आउने पेट्रोल, डिजेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको खरिद मूल्यमा भारी वृद्धि भएको हो ।

    निगमका अनुसार आईओसीबाट प्राप्त नयाँ खरिद दरअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४१ रुपैयाँ ६० पैसाले बढेर आएको छ ।

    Advertisement

    यस्तै, डिजेलमा प्रतिलिटर ९४ रुपैयाँ ९३ पैसा, हवाई इन्धनमा प्रतिलिटर १२३ रुपैयाँ ८ पैसा र एलपी ग्यासमा प्रतिसिलिन्डर १९० रुपैयाँ ३६ पैसाले वृद्धि भएर आएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    अर्को मूल्य समायोजन नगर्दासम्म पेट्रोल, डिजल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासको भने यथावत राखिएको निगमले जनाएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »