अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
एमालेले गत भदौ २४ गतेपछि विकसित राजनीतिक घटनाक्रम, असंवैधानिक ढंगबाट भएको संसद विघटन र भावी कार्यक्रम बारे प्रष्ट पार्न जनप्रदर्शन गर्न लागिएको जनाएको छ ।
बिहारका ३८ जिल्लाका ४६ केन्द्रमा कडा सुरक्षाका बीच मतगणना गर्न तयारी भइरहेको खबरमा उल्लेख छ ।
पदमुक्त हुनेहरुमा उर्मिला देवी सिंह(सर्लाही),मनिष कुमार सुमन(सप्तरी),संजय कुमार यादव, सर्लाही, ३(२), सिंहासन सा कलवार, सर्लाही, ४(२) र सारदा संकर प्रसाद कलवार, बारा, २(१) रहेका छन् ।
२८ कार्तिक, काठमाडौँ । हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छ । आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै, आज राति देशका अधिकांश भागमा मौसम सामान्यतया सफा रहने छभने केही स्थानमा आंशिक बदली हुनेछ […]
नेपाल प्रहरीमा कार्यरत प्रहरी कार्यालय सहयोगी देखि प्रहरी वरिष्ठ नायव निरीक्षक सम्मका प्रहरी कर्मचारी र तीनका आश्रित परिवारहरूलाई आकस्मिक अवस्था (स्वास्थ्य, शिक्षा, घरायसी समस्या लगायत) मा तत्कालको आवश्यकता पूर्ति गर्नका लागि किस्ताबन्दी कर्जा कार्यक्रम अन्तर्गत १ वर्षभित्र चुक्ता गर्ने गरी ५ % ब्याजदरमा आकस्मिक सहुलियत अल्पकालीन कर्जा रकम २ लाख रूपैयाँ सम्म उपलब्ध गराउने निर्णय गरिएको हो ।
नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित विशेष समारोह बीच प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक कार्कीले प्रहरी संगठनको श्रीवृद्धिमा जोड दिएका छन् ।
सिद्धार्थलाई फाइनलको ट्रफी दिलाउने क्रममा कमल परियारले १९औं र ३९औं मिनेटमा गोल गर्नु भयो । टोलीका लेखराज भारतीले ४१औं मिनेटमा गोल गर्नु भएको थियो । कोहलपुर बागेश्वरीका आशिष बलमे सुरुआतको ३१औं मिनेटमा गोल गरेर टोलीलाई अग्रता दिलाउनु भएको थियो ।
आवेदन फाराम, उम्मेदवारको योग्यता तथा अनुभव, पेश गर्नुपर्ने कागजात, परीक्षाको छनोट विधि, पारिश्रमिक तथा सुविधा र अन्य विवरण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको वेबसाइटमा उपलब्ध रहेको सूचनामा उल्लेख छ ।
२७ कार्तिक, काठमाडाैँ । गृह मन्त्रालयले ६ जिल्ला प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित ५८ सहसचिव तथा उपसचिवको सरुवा गरेको छ ।











