आजको सचिवालय बैठकले प्रतिनिधि सभा पुनःस्थापनाबारे पनि छलफल गरिने बुझिएको छ । यसबाहेक समसामयिक राजनीतिक विषयमा छलफल हुने एमालेले जनाएको छ ।
आज दिउँसो कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अभिव्यक्ति स्वतन्त्रताको सम्मान आफूहरुको प्रतिबद्धता भए पनि यसको अर्थ सार्वजनिक सम्पत्तिको क्षति, विमानस्थलमा अवरोध वा कानुन हातमा लिने छुट कसैलाई नभएको उनले स्पष्ट पारिन ।
हालसम्म डाइभर्सनका लागि भारतका विमानस्थल प्रयोग गर्नुपर्ने बाध्यता थियो । तर सोमबारको निर्णयअनुसार अब भैरहवा विमानस्थल उपयोग गर्न सकिने व्यवस्था लागू भएको निगमका प्रवक्ता अनिल घिमिरेले जनाए ।
उनी माथि आन्दोलनको नाममा अशान्ति मच्चाउन खोजेको आरोप छ । प्रसाईंलाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तु लगायत प्रहरी गतिविधि र कामकाज सम्बन्धमा सोमबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कार्कीले उक्त निर्देशन दिएका हुन ।
१ मंसिर, काठमाडौँ । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक कार्यक्रम बीच अपराध अनुसन्धान सम्बन्धी एकदिवसीय अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । अपराध अनुसन्धान विभागको ७०औं स्थापना दिवस, २०८२ को अवसरमा उक्त अन्तरक्रिया तथा छलफल कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले […]
एनसिबि क्वालालम्पुरको समन्वयमा मलेसियामा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ शनिबार नेपाल फिर्ता ल्याइएको केन्द्रीय प्रहरीले जनाएको हो ।
आर्थिक वर्ष २०८१–०८२ को प्रतिवेदनअनुसार, २०८२ असार मसान्तको वित्तीय स्थितिमा २९ दशमलव २३ प्रतिशतले वृद्धि भएको छ ।
हाम्रो आवाज स्मारिका विमोचन र १० बुँदे घोषणा पत्र जारी ३० कार्तिक, बाँके । क्रियाशील पत्रकार महिला बाँकेले संस्थाको १८औं वार्षिकोत्सव विविध कार्यक्रम गरी भव्यताका साथ मनाएको छ । डब्लुडब्लुुजे बाँकेले वार्षिकोत्सवको अवसरमा शनिबार नेपालगन्जमा स्मारिका विमोचन, पत्रकार महिलाको बाँके भेला र सम्मान कार्यक्रम गरेको हो । वार्षिकोत्सव समारोहको संस्थाका केन्द्रीय अध्यक्ष रामकला खड्काले उद्घाटन […]











