Close sidebar
  • ताजा
  • लोकप्रिय
  • भारतको बिहार विधानसभा चुनावको मतगणना आज देखि हुँदै

    २८ कार्तिक, काठमाडौँ । भारतको बिहार विधानसभा चुनावको मतगणना आज बिहान देखि हुँदैछ ।

    भारतीय सञ्चारमाध्यमका अनुसार मतगणना बिहान ८ बजेदेखि शुरु हुने छ । मतगणना भन्दा पहिले सत्तापक्ष एनडीए र विपक्षी गठबन्धन बीच आरोप–प्रत्यारोप तीव्र बनेको छ ।

    Advertisement

    बिहारका ३८ जिल्लाका ४६ केन्द्रमा कडा सुरक्षाका बीच मतगणना गर्न तयारी भइरहेको खबरमा उल्लेख छ ।

    बिहारमा गएको कात्तिक २० गते पहिलो र कात्तिक २५ गते दोस्रो चरणको विधानसभा चुनाव भएको थियो ।

    Advertisement

    कुल सात करोड ४५ लाख मतदाता रहेको बिहारमा दुई सय ४३ सिटका लागि दुई हजार १६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »