कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले प्रतियोगितामा विभिन्न विधामा विजयी हुने खेलाडीहरूलाई पदक, प्रमाणपत्र र ट्रफि प्रदान गरेका छन् । साथै उहाँले विद्यालयमा उत्कृष्ट कार्य गर्ने शिक्षकहरू एवम् प्रहरी कर्मचारीहरूलाई प्रशंसापत्र प्रदान गरे ।
गत भदौ २३ र २४ को घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीसँग लिखित बयान लिएको हो ।
साहित्यकार प्राध्यापक पुरूषोत्तम दाहालको अध्यक्षता र प्राडा शैलेन्दुप्रकाश नेपालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख अतिथि, सभाध्यक्ष, विशेष अतिथि खेमनाथ दाहाल, राधेश्याम लेकाली, ईश्वरी वाग्ले, डा. यज्ञश्वर निरौला, डा. अम्बिका अर्याल, सन्तोष श्रेष्ठ लगायत मञ्चासीनहरुले कृतिको लोकार्पण गरेका हुन् ।
खानतलासी गर्ने क्रममा प्रहरी टोली माथि नै आक्रमण गरी भागि फरार हुन खोज्दा उनलाई नियन्त्रणमा लिने क्रममा खटिएको प्रहरी टोलीले ३ राउण्ड हवाई फायर
प्रेमिल गीत ‘तिमीलाई देखे पछि’ ले प्रेमी, प्रेमिका बीचको अटुट बन्धन, एकअर्काप्रतिको पूर्ण समर्पण र साथले जीवनका सबै कठिनाइ जित्ने सन्देश बोकेको छ ।
अब पेट्रोलको पहिलो वर्गका लागि प्रतिलिटर १ सय ५६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १ सय ५८ रुपैयाँ र तेस्रो वर्गका लागि १ सय ५९ रुपैयाँ तोकिएको छ ।
कठ्याङ्ग्रिँदो जाडोका बीच जनकपुरधामका सडक पेटी तथा सार्वजनिक स्थानमा राति बेवारिसे र असहाय अवस्थामा सुतेका गरिब व्यक्तिहरूलाई लक्षित गरी क्लोथ बैंक नेपालले रात्रीकालीन सिरक वितरण अभियान सञ्चालन गरेको छ ।
आज तराई भूभागका अधिकांश स्थानमा हुस्सु लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पुषको पहिलो हप्ता यता लागेको हुस्सु र कुहिरोका कारण तराईमा जनजीवन प्रभावित बनेको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रेस विज्ञप्ति गर्दै कुल ६४ दलले सूची बुझाएकामा ५८ दलले ५८ निर्वाचन चिह्नमा उम्मेदवारी दिएका बताएका छन् ।
नेपालगञ्ज सुर्खेत रोडस्थित वेष्टर्न मलमा रहेको अन्तराल हलमा हुने उक्त कार्यक्रममा सशुल्क सहभागिताको व्यवस्था गर्न लागिएको पनि शाहले जानकारी दिए । अन्तराल डेढ दशक बढी समय देखि सञ्चार, कला, साहित्य, गीतसंगीत, खेलकुद, ईभेन्ट म्यानेजमेन्ट र पर्यावरणका क्षेत्रमा काम गर्दै आएको संस्था हो।











