Close sidebar
  • ताजा
  • लोकप्रिय
  • तराईमा आज पनि हुस्सु

    १६ पुष, काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन भएको छ ।

    आज तराई भूभागका अधिकांश स्थानमा हुस्सु लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पुषको पहिलो हप्ता यता लागेको हुस्सु र कुहिरोका कारण तराईमा जनजीवन प्रभावित बनेको छ ।

    Advertisement

    कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बाँकी पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ ।

    यस्तै, कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    Advertisement

    हुस्सु र कुहिरोका कारण तराई क्षेत्रमा हवाई तथा स्थल यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    0

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »